close

एनसीएचएलको डिजिटल भुक्तानीमा जोडियो प्राइम लाइफ इन्स्योरेन्स

टेकपाना टेकपाना

पुस ५, २०७७ १८:२८

एनसीएचएलको डिजिटल भुक्तानीमा जोडियो प्राइम लाइफ इन्स्योरेन्स

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीमा आवद्ध गराएको छ । कम्पनीले एनसीएचएलमार्फत डिजिटल भुक्तानी गर्न सक्नेगरी दुई संस्थाबीच सम्झौता भएको हो ।

सम्झौता पत्रमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन् । यसबाट प्राइम लाइफ इन्स्योरेन्सले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल आईपीएस र कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीसँग जोड्नेछ ।

जसबाट इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायतका लगानी ट्रान्सफर सम्बन्धी कारोबारहरु एनसीएचएलमा आबद्ध बैंक खाताहरुबाट सोझै गर्न सकिनेछ । साथै प्राइम लाइफ इन्स्योरेन्सका बीमितहरुले आफ्नो (प्रिमियम) बीमा शूल्क पनि अनलाइनमार्फत कनेक्टआईपीएस ई–पेमेन्टमार्फत भुक्तानी गर्न सक्छन् ।

साथै एनसीएचएलमा आवद्ध बैंकका देशभर रहेका ५,००० भन्दा बढी शाखाहरुबाट सजिलै तिर्न सक्नेछन् । यी सबै कारोबार सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् ।

सन् २००७ को जुनमा लक्ष्मी बैंकका साथै विभिन्न प्रतिष्ठित व्यवसायिक समूहद्वारा स्थापना गरिएको प्राइम लाइफ इन्स्योरेन्सले इन्स्योरेन्स क्षेत्रमा आफ्नो पृथक पहिचान बनाउनएको छ । एनसीएचएलसँगको यो साझेदारीले डिजिटल इन्स्योरेन्स सेवाहरुमा पनि आफ्नो विशेष उपस्थिति गर्न कम्पनीलाई मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

एनसीएचएल नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडद्वारा प्रवर्द्धित कम्पनी हो । जसअन्तर्गत रहेका एनसीएचएल ईसीसी, एनसीएचएल आईपीएस र कनेक्ट आईपीएस ई पेमेन्ट प्रणाली सञ्चालनमा छन् । जसमा सबैजसो बैंक तथा वित्तीय संस्थाहरू आवद्ध भइसकेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०