close

पुराना एन्ड्रोइड फोनमा अब वेब ब्राउजिङ समस्या हट्ने

टेकपाना टेकपाना

पुस ७, २०७७ २०:३४

पुराना एन्ड्रोइड फोनमा अब वेब ब्राउजिङ समस्या हट्ने

काठमाडौं । पुराना एन्ड्रोइड फोनबाट कतिपय वेबसाइट ब्राउजर गर्दा देखिने एरर (त्रुटि) अब हट्ने भएको छ । 

लेट्स इन्क्रिप्टले आफ्नो सर्टिफाई प्रदान गरेको सबै वेबसाइट अब सेप्टेम्बर २०२१ देखि सबै पुराना एन्ड्रोइड फोनमा पनि चल्ने भएका छन् । 

एक तिहाई पुराना फोनहरुमा यस किसिमको वेबसाइटले काम नगर्ने समस्या देखा पर्दै आइरहेको थियो ।

अब आगामी वर्षको सेप्टेम्बर १ देखि २०१६ का एन्ड्रोइड ७.१ वा त्योभन्दा पुरानो भर्सनका एन्ड्रोइड फोनले कुनै पनि वेबसाइटमा एक्सेस पाउन लेट्स इन्क्रिप्टबाट सर्टिफाइड सेक्योर सकेट लेयर एसएसएल, ट्रान्सपोर्ट लेयर सेक्युरिटी टीएलएस प्रयोग गर्नुपर्दैन । 

यसअघिसम्म लेट्स इन्क्रिप्टको वास्तविक रुट सर्टिफिकेट आइडेन ट्रस्ट जस्तो सर्टिफिकेट अथोरिटीको क्रस सिग्नेचरमा निर्भर थियो । आइडेन ट्रस्टले जारी गरेको डीएसटी रुट एक्स थ्री आगामी सेप्टेम्बर १ देखि एक्सपायर हुँदैछ । 

अब लेट्स इन्क्रिप्टको आफ्नै रुट सर्टिफिकेट आइएसआरजी रुट एक्स वान छ । तर एन्ड्रोइडको ७.११ र त्यसअघिका भर्सनहरुले लेट्स इन्क्रिप्टको यो सर्टिफिकेटलाई विश्वास नगर्ने चिन्तासमेत व्यक्त भएका छन् । 

यसैकारण एचटीटीपीएस कनेक्सन प्रदान गर्न लेट्स इन्क्रिप्टको डिजिटल सर्टिफिकेटमा निर्भर हुने धेरै वेबसाइटहरुले वेबसाइटमा कम एक्सेस पाउनसक्ने छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०