close

आकर्षक छुट र अफरसहित ‘स्मार्ट क्यूआर’ सञ्चालनमा, जोडिए ६ मोबाइल वालेट

टेकपाना टेकपाना

पुस १०, २०७७ १६:९

आकर्षक छुट र अफरसहित ‘स्मार्ट क्यूआर’ सञ्चालनमा, जोडिए ६ मोबाइल वालेट

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले स्मार्ट क्यूआर सञ्चालनमा ल्याएको छ । विभिन्न प्रकारका भुक्तानी सेवा र सुविधाहरुको प्राप्तीमा अनलाइन भुक्तानीलाई अझ आधुनिक, सहज र एकीकृत गर्न सक्ने गरी यस किसिमको क्विक रेस्पोन्स कोड पेमेन्ट प्लेटर्फम स्मार्ट क्यूआर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको नगदरहित कारोबार प्रणालीको प्रवर्द्धन गर्ने योजनालाई प्रोत्साहन गर्दै वित्तीय कारोबार अघि बढाउने नीति अनुरुप विभिन्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई विश्वस्तरीय, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्न यो प्रणाली सक्षम रहेको बताइएको छ ।

मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा योगदान गर्ने कम्पनीको नीति र प्रतिबद्वता अनुसार यो सेवा सञ्चालनमा ल्याएको हो । परम्परागत प्रणालीलाई स्तरोन्नति गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवद्र्धन गर्ने यस कम्पनीको मुख्य लक्ष्य रहेको छ ।

स्मार्ट क्यूआरको प्रयोगबाट ग्राहकलाई छिटो र सरल किसिमले क्यूआर कोड स्क्यान गरी विविध आवश्यकता बमोजिम सेवा र सुविधाहरुको उपयोग गर्न सजिलो हुनेछ ।

विशेषतः यस क्वीक रेस्पोन्स कोड पेमेन्ट प्लाटर्फममा आबद्ध भएका बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक संस्थाहरुले इएमभी को स्टान्डर्ड स्टाटिक वा डायनामिक क्यूआर कोड जेनेरेट गरी स्वदेशी तथा विदेशी क्यूआर पेमेन्ट सर्भिसहरुको बीचमा पनि सहजै एकिकृत कारोवार गराउन सकिने व्यवस्था गरिएको छ ।

स्मार्ट क्यूआरको सञ्चालनमा आईएमई पे, प्रभु पे, क्यू पे जस्ता स्वदेशी भुक्तानी सेवा प्रदायक र अन्तर्राष्ट्रिय संस्था यूनियन पे इन्टरनेशनलको समेत सहकार्य तथा साझेदारी रहेको हुँदा यसको वृहत्तर पहुँच रहेको छ ।

साथै यूनियन पे इन्टरनेशनलसँग आबद्ध खल्ती, मो–बैंक जस्ता विभिन्न भुक्तानी सेवा प्रदायकले पनि स्मार्ट क्यूआरको माध्यमबाट भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

आगामी दिनमा यस प्रकारको सेवा प्रदान गर्ने स्वदेशी तथा विदेशी संस्थाहरुको अधिक संलग्नता गराँउदै यसको पहुँचलाई अझै बिस्तार गर्दै लैजाने कम्पनीको लक्ष्य रहेको छ ।

ग्राहक र व्यापारी दुवैलाई सजिलो

विभिन्न मोबाइल वालेट प्रयोग गर्ने ग्राहकहरुले स्मार्ट क्यूआरको एउटै क्यूआर पेमेन्ट टर्मिनल स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् भने व्यापारीले एउटा स्मार्ट क्यूआरको क्यूआर पेमेन्ट टर्मिनल राखेर विभिन्न वालेट प्रयोगकर्ताको भुक्तानी स्वीकार गरी एकीकृत कारोबार गर्न सक्नेछन् ।

व्यापारीहरुको थप सुविधाका लागि स्मार्ट क्यूआरले ‘स्मार्ट क्यूआर मर्चेन्ट मोबाइल एप’ गुगलको एन्डोइड र एप्पलको आईओएस दुवै प्लेटफर्ममा उपलब्ध गराएको छ ।

यस एपमार्फत व्यापारीले सजिलैसँग सबै कारोबारको विवरण एकै ठाँउमा हेर्न र व्यवस्थापन गर्न सक्नेछन् । साथै, व्यापारीले प्राप्त गर्ने रकमलाई यसै एप मार्फत सिधै बैंकमा जम्मा गर्न सक्नेछन् ।

स्मार्ट क्यूआर प्रयोगकर्तालाई छुट र अफर

स्मार्टच्वाइस टेक्नोलोजिजले आफ्नो नयाँ प्रडक्ट स्मार्ट क्यूआरको शुरुवातका अवसरमा प्रयोगकर्ताका लागि विभिन्न मल, डिपार्टमेन्ट स्टोर र रेष्टुरेण्टहरुमा १५ प्रतिशतसम्मको छुट अफर सार्वजनिक गरेको छ ।

यो अफर अन्तर्गत वालेट प्रयोगकर्ताले सेल्सबेरी, डेली ग्रोसरी, न्यू मार्ट जस्ता डिपार्टमेन्ट स्टोर र ग्यापु, मुञ्चा, इन्फिस्टोर जस्ता अनलाइन स्टोरबाट १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यसका अलावा काठमाडौं उपत्यकाभित्रका ५० भन्दा बढी रेष्टुराँमा समेत वालेट प्रयोगकर्तालाई १० प्रतिशत छुट पाउने सुविधा रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०