close

गुगल र माइक्रोसफ्टसँग प्रतिस्पर्धा गर्न ईमेल र क्यालेण्डर सर्भिसमा केन्द्रित हुँदै जूम

टेकपाना टेकपाना

पुस ११, २०७७ १७:२६

गुगल र माइक्रोसफ्टसँग प्रतिस्पर्धा गर्न ईमेल र क्यालेण्डर सर्भिसमा केन्द्रित हुँदै जूम

काठमाडौं । जूम मिटिङलाई व्यवस्थापन गर्न क्यालेण्डरको आवश्यकता पर्छ । हालसम्म यसका लागि हामीले आउटलुक र गुगल क्यालेण्डरको प्रयोग गरिरहेका छौं । 

तर निकट भविष्यमा यो परिवर्तन हुने अपेक्षा गरिएको छ । जूमले अब आफ्नो सेवालाई भिडियो कन्फ्रेन्सिङदेखि ईमेल र क्यालेण्डर सेवामा विस्तार गर्ने बताएको छ । 

जूमले आफ्नो ईमेल वेब सर्भिसमा काम गर्न सुरु गरिसकेको छ र अर्को वर्ष यसको परीक्षण गर्ने बताएको छ । कम्पनीले क्यालेण्डरलाई भने आफ्नो दीर्घकालीन लक्ष्यको रुपमा लिनेछ । 

जूमले वार्षिक रुपमा ३५ अर्ब मिनेटभन्दा धेरै समयको मिटिङ सपोर्ट गर्दछ । जूममा दैनिक ३० करोडभन्दा धेरै मिटिङ सहभागीहरु उपस्थित हुने गरेका छन् । 

यो गुगल मिटको १० अर्ब मिनेटको वार्षिक भिडियो कन्फ्रेन्सिङ कल भन्दा तीन गुणा धेरै हो । 

यदि जूम क्यालेण्डर र ईमेल सेवामा स्थानन्तरण हुने हो भने भिडियो कन्फ्रेन्सिङ घट्दा पनि कम्पनीको अन्य सेवा भने सान्दर्भिक रहनेछ । 

यी दुई सेवामा कम्पनीको प्रस्थानसँगै यो एउटा इन्टरप्राइज प्रोडक्टिभिटी प्लेटफर्म बन्नेछ, जसले कम्पनीलाई माइक्रोसफ्ट अफिस ३६५ र गुगल वर्कप्लेससँग प्रतिस्पर्धा गर्न सक्षम बनाउनेछ ।

यसरी कम्पनीले भ्वाइस, भिडियो र एकीकृत सञ्चारबाट अझ पर सर्दै सिस्को, माइक्रोसफ्ट र अभायसँग प्रतिस्पर्धा गर्नेछ । यससँगै कम्पनीले अझै उपभोक्ता केन्द्रित ब्राण्ड बन्ने मौका पाउनेछ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०