close

यस्ता छन् ६ हजार एमएएच ब्याट्री भएका उत्कृष्ट ३ स्मार्टफोन

टेकपाना टेकपाना

पुस १२, २०७७ १३:२०

यस्ता छन् ६ हजार एमएएच ब्याट्री भएका उत्कृष्ट ३ स्मार्टफोन

काठमाडौं । अहिले बजारमा ६ हजार एमएएचसम्म ब्याट्री क्षमता भएका स्मार्टफोनहरु आइसकेका छन् । यसैले फोनप्रेमीहरु थोरै क्षमताका ब्याट्री लिन चाहँदैनन् ।

ब्याट्रीले फोनको मूल्यमा पनि असर गर्दैन । यसकारण तपाईं मूल्यको कुनै चिन्ता नलिई बजारमा आएका ६ हजार एमएएच ब्याट्री क्षमताका फोनहरु खरिद गर्न सक्नुहुन्छ ।

अहिले बजारमा तीनवटा यस्ता शक्तिशाली फोनहरु छन्, जो ब्याट्री सँगसँगै अन्य फिचरका लागि पनि त्यत्तिकै लोकप्रिय छन् ।

साओमी रेड्मी नाइन पावर

४ जीबी र्‍याम र ६४ जीबी इन्टरनल स्टोरेज भएको साओमी रेड्मी नाइन पावर फोनमा ६ हजार एमएएचको ब्याट्री र १८ वाटको फास्ट चार्जिङ छ ।

यसको मूल्य नेपाली १५ हजार ६७५ देखि १९ हजार २९३ रुपैयाँसम्म रहेको छ । एन्ड्रोइड १० अपरेटिङ सिस्टममा रन हुने यस फोनको डिस्प्लेको कुरा गर्दा यसमा ६.५३ इन्चको आईपीएस एलसीडी रहेको छ ।

स्न्यापड्रागन ६६२ प्रोसेसर रहेको यस फोनमा फोटोग्राफीका लागि क्वाड रियर क्यामेरा सेटअप छ । जसमा ४८ मेगापिक्सलको प्राइमेरी क्यामेरा, एउटा ८ मेगापिक्सल र दुईवटा २, २ मेगापिक्सलका क्यामेराहरु छन् । सेल्फीका लागि यसमा आठ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ ।

सामसङ ग्यालेक्सी एफ ४१

६.४ को सुपर एमोलेड डिस्प्ले रहेको यस फोनमा २३४० गुणा १०८० पिक्सलको रेज्युलेसन छ । यो फोनमा ६ हजार एमएएच ब्याट्री क्षमता र १५ वाटको फास्ट चार्जिङ छ ।

यो फोन नेपाली बजारमा ६ जीबी र्‍याम ६४ जीबी इन्टरनल स्टोरेज भेरियन्टमा २७ हजार रुपैयाँमा उपलब्ध छ । यस्तै अर्को ६ जीबी र्‍याम र १२८ जीबी इन्टरनल स्टोरेज भेरियन्ट ३० हजार रुपैयाँमा उपलब्ध छ ।

फोटोग्राफीका लागि यसमा ६४ मेगापिक्सेलको क्वाड क्यामेरा सेटअप छ । सेल्फीका लागि यसमा ३२ मेगापिक्सलको फ्रन्ट क्यामेरा पनि छ । यसमा एक्जीनस ९६११ चिपसेट छ ।

रियलमी नार्जो २०

६ हजार एमएएच ब्याट्री क्षमता भएको यस फोनमा मिडियाटेक हेलियो जी ८५ जस्तो शक्तिशाली प्रोसेसर छ । यो फोन ४ जीबी र्‍याम र दुई इन्टर्नल स्टोरेज ६४ जीबी र १२८ जीबी भेरियन्टमा उपलब्ध छ ।

मूल्यको कुरा गर्दा यसको ६४ जीबी भेरियन्टको मूल्य साढे २० हजार रुपैयाँ रहेको छ भने अर्को १२८ जीबी भेरियन्टको मूल्य २३ हजार नेपाली रुपैयाँ रहेको छ ।

डिस्प्लेको कुरा गर्दा यसमा ६.५ इन्चको वाटरड्रप नोच सहितको ७२० गुणा १६०० पिक्सल रिजोलुसन भएको स्क्रिन छ ।

फोटोग्राफीका लागि यसमा ४८ मेगापिक्सलको प्राइमेरी सेन्सर र अन्य ८ र दुई मेगापिक्सलका दुई सेन्सर गरी ट्रिपल रियर क्यामेरा सेटअप छ । सेल्फीका लागि यस फोनमा ८ मेगापिक्सेलको क्यामेरा पनि छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०