close

एप्पल अकाउन्टलाई सुरक्षित राख्न जान्नैपर्ने टिप्स

टेकपाना टेकपाना

पुस १२, २०७७ १८:१८

एप्पल अकाउन्टलाई सुरक्षित राख्न जान्नैपर्ने टिप्स

काठमाडौं । आईओएस फोर्टिनको लन्चसँगै एप्पलले आफ्नो गोपनीयताको नीतिलाई पनि अद्यावद्यिक गरेको छ । यसैले अब एप्पलका प्रयोगकर्ताहरुलाई आफ्नो डिभाइस, डेटा र अकाउन्ट विवरणको सुरक्षा गर्न पनि सजिलो भएको छ ।

एप्पलले हालै आफ्नो डिभाइस एण्ड डेटा एक्सेस नामको एक्सटेन्सिभ गाइड सार्वजनिक गरेको छ । व्यक्तिगत सुरक्षाको जोखिममा एप्पलको यो गाइडलाइन उपयोगी हुनेछ ।

उक्त गाइडलाइनमार्फत एप्पलले आफ्ना प्रयोगकर्ताहरुलाई एप्पल अकाउन्टसँग कुन कुन डिभाइस तथा सर्भिसहरु जोडिएको छ भन्ने कुरा चेक गर्न सिकाउँछ । यस्तै फेस आईडी र अकाउन्ट सेक्युरिटी सेटिङ लगायत अन्य धेरै कुरा यसलाई यसले रिभ्यु गर्न सिकाउँछ ।

एप्पल अकाउन्टसँग जोडिएका सबै डिभाइसलाई कसरी चेक गर्ने ?

तपाईंको एप्पल अकाउन्टसँग जोडिएका डिभाइसहरुलाई चेक गर्ने भिन्न तरिकाहरु प्रशस्तै विधिहरु छन् । यीमध्ये सबैभन्दा धेरै प्रयोग हुने विधि भनेको appleid.apple.com हो । एप्पल आईडी प्रयोग गरेर यसमा लगईन गर्नुहोस् । यदि तपाईं आईप्याड, आईफोन वा म्याक प्रयोगकर्ता हुनुहुन्छ भने पनि कनेक्ट भएका डिभाइसहरुलाई चेक गर्ने यो राम्रो विधि हो ।

यदि तपाईं एप्पलको आईफोन वा आईप्याड प्रयोग गर्नुहुन्छ भने ती डिभाइसको सेटिङमा गएर आफ्नो नाममा ट्याप गरी फेमिली शेयरिङ अप्सनमा स्वाइप डाउन गर्नुहोस् ।

म्याक डिभाइस हो भने सिस्टम प्रिफरेन्स खोलेर एप्पल आईडीमा क्लिक गरी आफ्नो एप्पल आईडीसँग कनेक्ट भएर बसेका सबै डिभाइसहरुलाई हेर्नुहोस् ।

आईफोन, आईप्याड, म्याक वा कुनै पनि ब्राउजरमा कसरी रिभ्यु गर्ने एप्पल आईडी सेक्युरिटी सेटिङ ?

appleid.apple.com खोलेर लगइन गर्नुहोस् । अब सेक्युरिटी सेक्सनमा गएर कुनै पनि समस्या भएको कुरा चेक गर्नुहोस् । त्यहाँ तपाईंले टु फ्याकटर अथेन्टिकेसन र अन्य धेरै सेक्युरिटी सेटिङहरु चेक गर्न सक्नुहुन्छ ।

आईफोन, आईप्याड र म्याकमा फेस आईडी र टच आईडी सेटिङलाई यसरी रिभ्यु तथा सुनिश्चित गर्नुहोस् ।

आईफोन वा आईप्याडको सेटिङमा जानुहोस् । त्यहाँबाट फेस आईडी एन्ड पासकोड वा टच आईडी एन्ड पासकोड अप्सनमा जानुहोस् । म्याकमा हो भने सिधै सिस्टम प्रिफरेन्समा गएर टच आईडीमा ट्याप गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०