close

ह्वाट्सएपका ७ ट्रिक्स, जुन तपाईंलाई थाहा नहुन सक्छ

टेकपाना टेकपाना

पुस १३, २०७७ १०:२८

ह्वाट्सएपका ७ ट्रिक्स, जुन तपाईंलाई थाहा नहुन सक्छ

काठमाडौं । लोकप्रिय म्यासेजिङ एप ह्वाट्सएपको विश्वभर धेरै प्रयोगकर्ताहरु छन् । ह्वाट्सएपमा यस्ता धेरै नयाँ फिचरहरु छन्, जसलाई प्रयोग गर्न जान्नुभयो भने तपाईंले नयाँ अनुभव पाउनुहुनेछ । आज हामी तपाईंलाई ती सात कुरा बताउने छौं, जुन ह्वाट्सएपबारे तपाईंलाई थाहा नहुन सक्छ ।

१. इयरफोनबिना ह्वाट्सएप म्यासेज सुन्न सक्नुहुन्छ 

जब ह्वाट्सएपमा तपाईंलाई कसैले अडियो फाइल पठाउँछ भने इयरफोन नखोज्नुहोस् । यसलाई तपाईंले बिना इयरफोन गोप्य रुपमा अडियो सुन्न सक्नुहुन्छ ।

म्यासेजको प्ले बटन थिचेर फोनलाई कान छेउमा लगेर सुन्नुहोस् । जब तपाईंले यसो गर्नुहुन्छ, तब त्यो अडियो फाइल स्पिकरबाट होइन फोनको ‘इयरपिस’बाट प्ले हुन्छ । यसलाई ह्वाट्सएपको ‘वाक्की टक्की’ फिचर भनिन्छ । 

२. ह्वाट्सएपमा वास्तविक फोन नम्बर लुकाउन भर्चुअल नम्बर प्रयोग गर्नु सक्नुहुन्छ 

भर्चुअल नम्बरहरु नि:शुल्क उपलब्ध हुन्छन्, जसबाट तपाईंले एकपटक ह्वाट्सएपमा साइनअप गर्न सक्नुहुन्छ । तपाईंले कुनै नियमित नम्बर जस्तै गरी यस्ता भर्चुअल नम्बरबाट ह्वाट्सएप प्रयोग गर्न सक्नुहुन्छ ।

यसका लागि तपाईंले टेक्स्ट नाउ नामको एप प्रयोग गर्नसक्नुहुन्छ । यो एपलाई आफ्नो फोनमा डाउनलोड गरी एउटा फ्री अकाउन्ट बनाउनुहोस् ।

यसमा लगइन गरिसकेपछि अमेरिका र क्यानडा आधारित पाँचवटा नि:शुल्क फोन नम्बर तपाईंले पाउन सक्नुहुन्छ । यिनै भर्चुअल नम्बरबाट अकाउन्ट सेटअप गरेर च्याट गर्न थाल्नुहोस् । 

३. ल्याण्डलाइन नम्बर प्रयोग गरेर पनि ह्वाट्सएपमा दर्ता गर्न सक्नुहुन्छ 

ह्वाट्सएपमा दर्ता गर्नलाई तपाईंले ल्याण्डलाइन नम्बर प्रयोग गर्नसक्नुहुन्छ । तर नियमित ह्वाट्सएफको लागि भने यो गर्न सक्नुहुने छैन । यसका लागि तपाईंले ह्वाट्सएप विजनेस एप डाउनलोड गर्नु पर्नेछ ।

जब यो इन्स्टल हुन्छ, तब यसले ओटीपी आधारित दर्ताका लागि तपाईसँग फोन नम्बर माग्छ । अब आफ्नो ल्याण्डलाइन कोड नम्बर सहित फोन नम्बर टाइप गर्नुहोस् । यस्तोमा अगाडि कुनै शुन्य अङ्क भने त्यसलाई हटाइदिनुहोस् ।

यो नम्बर इन्टर गरिसकेपछि अब विजनेस एपले ओटीपी कोड पठाउँछ । यो ल्याण्डलाइन नम्बर भएकोले तपाईंले कुनै पनि एसएमएस पाउनुहुने छैन । ओटीपी टाइम एक्सपायर हुन कुर्नुहोस् र ओटीपी भेरिफिकेसनका लागि ‘कल मी’ सेलेक्ट गर्नुहोस् । 

४. ब्ल्युटिक बिना ह्वाट्सएप म्यासेज पढ्नुहोस् 

जब तपाईले कुनै ह्वाट्सएप म्यासेज पाउनुहुनेछ तब नोटिफिकेसनलाई स्वाइप नगरी डिभाइसलाई अनलक गर्नुहोस् । यसो गर्दा तपाईंले पुरै म्यासेज एप नखोली पढ्न सक्नुहुन्छ । अनि तपाईंको म्यासेजमा निलो टिक पनि देखिन्न । 

५. ह्वाट्सएपमा तपाईंलाई कसैले ब्लक गरेको थाहा पाउनुहोस् 

यदि तपाईंलाई कसैले ब्लक गरेको छ र तपाईं त्यस व्यक्तिलाई म्यासेज पठाउँदै हुनुहुन्छ भने एउटा मात्र चेक मार्क देख्नुहुनेछ । जब त्यो चेक मार्क दुईटा बन्छ, तब तपाईंको तर्फबाट मात्र म्यासेज डेलिभर भएको बुझिन्छ । 

६. कुनै अकाउन्ट फेक भए यसरी पत्ता लगाउनुहोस् 

फर्जी नम्बरबाट जोकसैले पनि सजिलै ह्वाट्सएप अकाउन्ट बनाउन सक्छन् । जब तपाईंले कुनै नम्बरबाट म्यासेज पाउनुहुन्छ भने त्यसको प्रोफाइलमा गएर फोन नम्बर चेक गर्नुहोस् ।

त्यो कस्तो नम्बरबाट सुरु भएको हेर्नुहोस् । फर्जी नम्बरहरु अधिकांश +1 बाट सुरु हुन्छन् । विभिन्न देशका फर्जी नम्बर प्रयोग गरेर पनि मानिसहरुले तपाईंले म्यासेज गर्नसक्छन् । 

७. कसैले तपाईंको ह्वाट्सएप म्यासेज पढ्दैछन् कि याद गर्नुहोस् 

ह्वाट्सएप वेबको मद्दतबाट जोकसैले पनि तपाईंको जानकारीबिना नै अकाउन्ट लगइन गरिरहेका हुन सक्छन् । यसकारण सधै अण्डर सेटिङ चेक गर्नुहोस्, ताकि यसको जानकारी तपाईंलाई मिल्न सकोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०