काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले फ्री वाईफाई तथा असुरक्षित इन्टरनेट कनेक्सनमार्फत अनलाइन बैंकिङ सेवा प्रयोग नगर्न आग्रह गरेको छ । बैंकले आफ्ना ग्राहकलाई सुरक्षा सावधानी अपनाउन भन्दै यस्तो आग्रह गरेको हो ।
‘मोबाइल तथा अनलाइन बैंकिङ कारोबार गर्दा कहिल्यै पनि खुल्ला वाईफाई तथा असुरक्षित इन्टरनेट प्रयोग नगर्नुहोस्,’ बैंकले भनेको छ,’ यस्तो बेलामा जहिले पनि सुरक्षित र व्यक्तिगत इन्टरनेट कनेक्सन मात्र प्रयोग गर्नुहोस् ।’
फ्री वाईफाई तथा खुल्ला छोडिएका वाईफाईमार्फत जथाभावी रुपमा बैंकिङ कारोबार गर्दा तपाईंको व्यक्तिगत विवरण ठगहरुको हातमा पुग्न सक्छ । त्यसैले आफ्नो घरको वाईफाई अथवा मोबाइल डेटाबाट मात्रै इन्टरनेट तथा अनलाइन बैंकिङ जस्ता कारोबार गर्नुपर्ने हुन्छ ।
आफ्नो बैंक खाता सुरक्षित राख्ने थप टिप्सको लागि यहाँ क्लिक गर्नुहोस् ।