close

भर्चुअल आईटी करियर कन्क्लेभ हुँदै, सहभागिता निःशुल्क

टेकपाना टेकपाना

पुस १५, २०७७ ८:४९

भर्चुअल आईटी करियर कन्क्लेभ हुँदै, सहभागिता निःशुल्क

काठमाडौं । टेक कम्युनिटी नेपालले भर्चुअल रुपमा आईटी करियर कन्क्लेभ आयोजना गर्ने भएको छ । आईटी सम्बन्धि विभिन्न कार्यक्रम गर्दै आइरहेको कम्पनीले अंग्रेजी नयाँ बर्षको अवसरमा युवा पुस्तालाई लक्षित गर्दै आईटी करियर कन्क्लेभ आयोजना गर्ने भएको हो ।

कार्यक्रम जनवरी ८, ९ र १० गरी तीन दिनसम्म चल्नेछ । उक्त कार्यक्रममा देश तथा विदेशमा आफ्नो पहिचान बनाउन सफल आईटीका विशिष्ट व्यक्तित्वको आगमन टेक कम्यूनिटी नेपालका संस्थापक प्रविन बरालले जानकारी दिए ।

कन्क्लेभमा निःशुल्क रुपमा सहभागी हुन सकिनेछ । कार्यक्रमले नेपाली जिज्ञासु युवाहरुलाई दक्ष उद्यमीको दिमागसँग जोड्ने आयोजकको अपेक्षा छ । कन्क्लेभमा सहभागी हुन यहाँ क्लिक गरी रजिस्ट्रेसन गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०