close

आजदेखि यी मोबाइलमा चल्दैन ह्वाट्सएप

टेकपाना टेकपाना

पुस १७, २०७७ ७:४०

आजदेखि यी मोबाइलमा चल्दैन ह्वाट्सएप

काठमाडौं । विश्वकै सबैभन्दा लोकप्रिय म्यासेजिङ प्लेटफर्म ह्वाट्सएपले गत वर्ष केही स्मार्टफोनका लागि सेवा बन्द गर्‍यो । एक पछिल्लो रिपोर्ट अनुसार कम्पनीले नयाँ वर्ष २०२१ काे सुरूवातसँगै थप आईफोन र एन्ड्रोइड डिभाइसका लागि आफ्नो सेवा बन्द गरेको छ ।

यसअन्तर्गत फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपले पुरानो अपरेटिङ सिस्टममा चल्ने स्मार्टफोनमा काम गर्न रोक्नेछ । रिपोर्टअनुसार आईओएस नाइन पछिका सिस्टममा चल्ने एप्पल उपकरणहरूमा मात्र अब ह्वाट्सएप चल्नेछ ।

त्यस्तै एन्ड्रोइड ४.०.३ यताका स्मार्टफोनमा मात्र ह्वाट्सएप चल्नेछ । यस हिसाबले आईफोन फोरमा पनि ह्वाट्सएप नचल्न सक्छ ।

तर त्यसपछि आएका आईफोन फोर एस, आईफोन फाइभ सी, आईफोन फाइभ एस, आईफोन सिक्स, आईफोन सिक्स एसमा पुराना सफ्टवेयर छन् भने तिनलाई अपडेट गर्न सकिने रिपोर्टमा उल्लेख छ ।

ह्वाट्सएपले आफ्ना पछिल्ला फिचरहरुको आनन्दसहित एप प्रयोग गर्नका लागि नयाँ अपरेटिङ सिस्टममा अपग्रेड गर्न सल्लाह दिएको छ । अपडेट गरेपछि ती मोडलमा ह्वाट्सएप प्रयोग गर्न सकिनेछ ।

तर एन्ड्रोइडमा भने ४.०.३ भन्दा पुरानो भर्सनमा ह्वाट्सएपले सपोर्ट गर्ने छैन । पुरानो भर्सनमा चल्ने फोनका लागि सफ्टवेयरमा अपडेट गर्न सम्भव नभएको हुँदा ह्वाट्सएपले समय समयमा यस्तो अभ्यास गर्दै आइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०