काठमाडौं । मोटोरोला ब्राण्डले फ्ल्यागशिप स्मार्टफोन मोटोरोला नियो ट्रिपल रियर र ८ जीबी र्यामका साथमा बजारमा सार्वजनिक गर्ने भएको छ ।
नयाँ स्मार्टफोनबारे जानकारी दिने गिकबेन्चले सार्वजनिक गरेकाे एक रिपाेर्ट अनुसार उक्त फोन ट्रिपल क्यामेराका साथ आउने छ ।
यसअघि पनि मोटोरोला नियोबारे समय समयमा सामान्य जानकारी भनी बाहिरिएको थियो । यसअघिसम्म ड्युल क्यामेराका साथ आउने हल्ला भइरहेको भएतापनि गीकबेन्चबाट सार्वजनिक भएको रिपाेर्टले उक्त फोनमा ट्रिपल क्यामेरा रहने प्रष्ट पारेकाे छ ।
यसमा ६४ मेगापिक्सेल मुख्य सेन्सर हुन सक्नेछ । भने, १६ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल सेन्सर र २ एमपीको डेप्थ सेन्सर रहनेछ । सेल्फीका लागि फोनमा ड्युल क्यामेरा सेटअप रहन सक्नेछ । जसमा १६ मेगापिक्सेल र ८ मेगापिक्सेलको क्यामेरा हुनेछ ।
त्यतिमात्रै नभएर यसअघि यो फोनमा क्वालकम स्न्यापड्रागन ८८८ प्रयोग हुने जानकारी बाहिरिएको थियो । तर, यो फोनमा स्न्यापड्रागन ८८८ को सट्टा क्वालकम स्न्यापड्रागन ८६५ प्लस चिपसेट हुनेछ ।
बजारमा क्वालकम स्न्यापड्रागन ८८८ प्रयोग गर्दै स्मार्टफोन सार्वजनिक गर्ने क्रम बढी रहेको अहिलेको अवस्थामा कम्पनीले भने पुरानै प्रोसेसरलाई प्रयोगमा ल्याउने भएको छ ।
उपलब्ध जानकारी अनुसार मोटोरोला नियो कम्पनीको प्रिमियम सेट हो, जुन ८ जीबी र्याम भेरियन्टमा आउने छ । यसअघि याे फाेन १२ जीबी र्याम भेरियन्टमा बजारमा उपलब्ध हुने चर्चा गरिएकाे थियाे ।