काठमाडौं । आउँदो जनवरी २०२१ मा फौजी गेम रिलिज हुने भएको छ । भारतको गणतन्त्र दिवसको दिन पारेर फियरलेस एन्ड युनाइटेड गार्ड्स (फौजी) गेम पारखीका लागि आउन लागेको हो ।
बलिउड सुपरस्टार अक्षय कुमारले एक ट्वीटमार्फत गेम रिलिजकाे मिति तय भएकाे जानकारी दिएका छन् ।
Whether it’s a problem within the country or at the border…these Bharat Ke Veer always stand tall. They are our Fearless And United Guards, our FAU-G! Witness the anthem ?
फौजी गेम सुरुमा डिसेम्बर महिनाभित्र औपचारिक रुपमा उपलब्ध गराउने तयारी थियो । यसैकाे तयारी स्वरूप कम्पनीले प्रि-रजिस्ट्रेसनकाे अवसर प्रदान गरेकाे थियाे । जसअन्तर्गत २४ घण्टामै १० लाख ६० हजारकाे प्रि-रजिस्ट्रेसन परेकाे थियाे ।
धेरैले याे गेमलाइ पब्जी मोबाइलसँग तुलना गरिरहेका छन् । तर यी दुई खेलहरू एक अर्काेभन्दा धेरै भिन्न हुनेछन् । फौजी एक एक्सन गेम हुनेछ भने पब्जी एक ब्याटल रोयल गेम हो ।