close

इन्टरनेट स्पिडमा आईफोन १२ प्रो भन्दा साओमीको एमआई ११ अगाडि

टेकपाना टेकपाना

पुस २०, २०७७ ११:४९

इन्टरनेट स्पिडमा आईफोन १२ प्रो भन्दा साओमीको एमआई ११ अगाडि

काठमाडौं । एप्पलको पछिल्लो उत्पादन आईफोन १२ प्रो म्याक्सको तुलनामा साओमी एमआई ११ ले उच्च गतिको इन्टरनेट सपोर्ट गरेको छ । साओमीले सार्वजनिक गरेको तुलनात्मक रिपोर्ट अनुसार आईफोन १२ प्रो म्याक्सको तुलनामा एमआई ११ स्मार्टफोनमा वाईफाई गति उच्च देखिएको हो ।

कम्पनीका अनुसार परीक्षणका लागि वाईफाई सिक्स ई सर्पोट गर्ने साओमी एक्स ६००० राउटर प्रयोग गरिएको थियो । ५१२ एमबी र्‍याम रहेको उक्त राउटरमा परीक्षण गर्दा २४८ डिभाइस जडान गरिएका थिए । त्यसका लागि ८०० एमबीपीएस ब्याण्डविथ इन्टरनेट दिइएको थियो ।

फुटबल मैदानमा गरिएको उक्त परीक्षणमा वाईफाई राउटरलाई मैदानको बिचमा राखिएको थियो । भने, साओमीको एमआई ११ र आईफोन १२ प्रो म्याक्स वारी पारी राखेर समान दूरीमा राखेर परीक्षण गरिएको थियो ।

यसरी गरिएको परीक्षणमा साओमी एमआई ११ ले बलियो सिंग्नल समात्नुका साथै उच्च गतिमा इन्टरनेट चलेको थियो । कम्पनीका अनुसार यो परीक्षण तीन चरणमा भएको थियो । जसमा हरेक चरण स्मार्टफोन र राउटरबीचकाे दूरी परिवर्तन गरिएको थियो ।

उक्त तीनै चरणमा साओमी एमआई ११ मा बलियो सिंग्नल र उच्च गतिमा इन्टरनेट चलेको उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०