close

गुगल डक्समा भेटियो बग, ह्याकरले सजिलै तपाईंको डकुमेन्ट पढ्न सक्ने

टेकपाना टेकपाना

पुस २०, २०७७ १७:१४

गुगल डक्समा भेटियो बग, ह्याकरले सजिलै तपाईंको डकुमेन्ट पढ्न सक्ने

काठमाडौं । गुगल डक्समा तपाईंले राख्नुभएका डकुमेन्ट ह्याकरले पढ्न र त्यसको स्क्रिनशट लिनसक्ने खालको त्रुटि भेटिएको छ । उक्त त्रुटि सन् २०२० को जुलाईमा सुरक्षा अनुसन्धानकर्ता श्रीराम केएलले पत्ता लगाएका थिए ।

उक्त त्रुटिको विषयमा गुगलले लामो समयदेखि केही नबोलेको भएतापनि हाल भने कम्पनीले यो विषयमा जानकारी दिएको हो । कम्पनीका अनुसार गुगल डक्समा तपाईंले राख्नुभएका डकुमेन्ट ह्याकरले सहजै पढ्न र त्यसको स्क्रिनशट लिएर दुरुपयोग गर्नसक्ने खालको त्रुटि फेला परेको थियो ।

Google Doc Hack Attack Screenshot

उक्त त्रुटि गुगलले अहिले आएर समाधान गरेको छ । यो त्रुटि पत्ता लगाउने उत्त सेक्युरिटी रिसर्चरलाई गुगलको बग बाउन्ट्री प्रोग्राम अन्तर्गत ३ हजार १ सय ३३ डलर रिवार्ड प्रदान गरिएको छ ।

गुगलले यस्तो प्रोग्राममा त्रुटिको स्तरलाई हेरेर ५ सय डलर देखि ३१ हजार ३ सय ३७ डलर दिने गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१