close

२० रूपैयाँको रिचार्ज गर्दा आईफोन ट्वेल्भ जित्ने अवसर

टेकपाना टेकपाना

पुस २२, २०७७ १३:३३

२० रूपैयाँको रिचार्ज गर्दा आईफोन ट्वेल्भ जित्ने अवसर

काठमाडौं । खल्ती डिजिटल मोबाइल वालेटले आफ्नो भाइबर समुदायमा जोडिनेहरुका लागि ‘खल्तीमा आईफोन ट्वेल्भ’ योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत खल्ती प्रयोगकर्ताले बम्पर उपहारमा आइफोनका नयाँ उत्पादन आइफोन ट्वेल्भ प्राप्त गर्नेछन् ।

खल्तीले आफ्नो भाइबरमा आफ्नो स्टिकर सार्वजनिक गरेको छ । यस अन्तर्गत रहेर कम्पनीले जनवरी ४ देखि अप्रिल ४ सम्म भाइबर कम्युनिटीमा जोडिने ग्राहकलाई लक्षित गर्दै यो योजना ल्याएको हो । उक्त योजनामा बम्पर उपहार स्वरूप एक जनाले आईफोन ट्वेल्भ उपहार स्वरुप पाउने छन् ।

त्यस्तै धेरै जनाले साप्ताहिक र मासिक उपहार पनि जित्ने कम्पनीले जनाएको छ । यस योजनामा सहभागी हुन खल्तीको भाइबर कम्युनिटीमा जोडिएपछि खल्तीको वेवसाइट वा खल्ती मोबाइल एपको होमस्क्रिनमा रहेको ‘खल्ती बजार’ मा गई खल्तीमा आईफोन ट्वेल्भ क्याम्पेनमार्फत २० रूपैयाँ भुक्तानी गरी रिचार्ज गर्नपर्ने छ ।

विजेताको घोषणा योजना सकिएको ७ दिनपछि फेसबुक लाइभमा लक्की ड्र मार्फत गरिने खल्तीले जनाएको छ ।

‘खल्ती’ एप गुगल प्ले स्टोर वा एप्पलको एप स्टोर दुबैमा उपलब्ध रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१