close

ज्याक मा गुप्तबासमा, अलिबाबाको ५ अर्ब डलरको शेयर अमेरिकामा जारी गर्ने योजना

टेकपाना टेकपाना

पुस २३, २०७७ ९:२

ज्याक मा गुप्तबासमा, अलिबाबाको ५ अर्ब डलरको शेयर अमेरिकामा जारी गर्ने योजना

काठमाडौं । अलिबाबाका संस्थापक ज्याक मा वेपत्ता नभएको जानकारहरुले बताएका छन् । कम्पनीभित्रका स्रोतहरुले फक्स बिजनेससँगको एक अन्तर्वार्तामा वेपत्ता तथा कैद नभएर आफै तत्कालका लागि गुप्ताबासमा रहेको बताएका हुन् ।

गत अक्टोबरमा साङ्घाईमा आयोजना भएको बण्ड सम्मेलनमा चीनको वित्तीय नियामक र सरकारी बैंकको ‘मोहरा पसल’ माथि टिप्पणी गरेपछि उनी सरकारको आखाँको तारो बनेका थिए । त्यसयता उनी सार्वजनिक वृत्तबाट ओझेल बनेका थिए ।

यसैबीच चीनको अलिबाबालाई लिएर अर्को ठूलो खबर पनि अन्तराष्ट्रिय सञ्चार माध्यममा आएका छन् । चिनियाँ सरकारको कडाअ नुसन्धान र हस्तक्षेपबीच अलिबाबा ग्रुपले अमेरिकामा कम्पनीको पाँच अर्ब डलर बराबरको शेयर निष्कासन गर्ने भएको छ ।

उक्त मामिलासँग जानकार कम्पनीभित्रकै चारजना स्रोतका अनुसार लगानीकर्ताको प्रतिक्रिया अनुसार उक्त शेयर ८ अर्ब डलरसम्म बढ्न सक्ने बताइएको छ । उक्त शेयर सम्पत्तिलाई अलिबाबाले सामान्य कर्पोरेट खर्चका लागि प्रयोग गर्ने एक स्रोतले बताएका हुन् ।

तर कम्पनीले बोण्ड शेयर बिक्री योजना त्यसको समय तालिकाबारे कुनै निर्णय सुनाएको छैन । त्यो परिवर्तन पनि हुनसक्ने कम्पनीको भनाई छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१