close

फेसबुक ग्रुपमा इङ्गेजमेन्ट बढाउने ४ स्मार्ट तरिका

टेकपाना टेकपाना

पुस २४, २०७७ ११:४५

फेसबुक ग्रुपमा इङ्गेजमेन्ट बढाउने ४ स्मार्ट तरिका

काठमाडौं । तपाईंले कुनै राम्रो प्रयोजनका लागि फेसबुक ग्रुप बनाउनु भएको छ । त्यसमा सम्बन्धित व्यक्तिहरुको संलग्नता चाहनुहुन्छ । तर भइरहेको छैन भने फेसबुक ग्रुपको अन्य प्रडक्ट र सर्भिस जसरी बजारीकरण वा विज्ञापन गर्न सकिँदैन । 

तर आफ्नो फेसबुक ग्रुपलाई चाँडाेभन्दा चाँडाे बढाउने तरिका र त्यस्ता ग्रुपलाई फेसबुकले रेकमेन्ड भने गरिदिन सक्छ । यसका लागि केही तरिकाहरु छन् । 

आज हामी तपाईंलाई फेसबुक ग्रुप बढाउने विधिहरु सिकाउने छौं । साथै फेसबुक ग्रुप बढ्नबाट रोक्ने केही गल्तीहरुका बारेमा समेत बताउने छौं । साथै तपाईंलाई ग्रुपमा इंगेजमेन्ट बढाउने तरिकासँग पनि हामी साक्षात्कार गराउने छौं, जसले तपाईंको फेसबुक ग्रुपलाई रेकोमेन्डेबल बनाउन सक्छ । 

१. तपाईंको फेसबुक ग्रुपमा इङगेजमेन्ट बढाउन मद्दत गर्ने प्रश्नहरु 

फेसबुकले इंगेजमेन्टलाई सम्मान गर्छ भन्ने कुरा हामी सबैलाई थाहा छ । यसैले फेसबुकले तपाईंको ग्रुप वा पेजलाई आफ्नो प्लेटफर्ममा रेकोमेन्ड समेत गर्ने गर्छ । ताकि तपाईंले निःशुल्क आफ्नो ग्रुपलाई विकास गर्न सक्नुहोस् । 

यदि तपाईं मानिसहरुको इंगेजमेन्ट आफ्नो ग्रुपमा रहिरहोस् भन्ने चाहनुहुन्छ भने एकोहोरो रुपमा सामग्री मात्र फिड गरिरहनुको सट्टा ग्रुपलाई रोचक रुपमा अन्तरक्रियात्मक बनाउनुहोस् । 

यसका लागि तपाईंले निरन्तर ग्रुपमा सदस्यहरुलाई चार किसिमका प्रश्नहरु सोध्न सक्नुहुन्छ । 

सबैभन्दा पहिलो प्रश्न भनेको तपाईंले आफ्नो व्यक्तिगत निर्णय वा सुरु गर्न लागेको व्यवसाय वा कामलाई तौलन सदस्यहरुसँग राय माग्न सक्नुहुन्छ । यस्तै अर्को तरिका भनेको केही रोचक विषयमा उनीहरुको राय मागेर छलफल नै चलाउन सक्नुहुन्छ ।

कुनै प्रश्न सोधेर उनीहरुबाट उत्तर खोज्न सक्नुहुन्छ । अर्को तरिका भनेको ग्रुपलाई साझा बनाउन उनीहरुको विचार, भावना, व्यवसायिक आइडिया इत्यादि राख्न समेत भन्न सक्नुहुन्छ । 

यस्ता किसिमका चारवटा प्रश्नहरुले ग्रुपमा सदस्यहरुको संलग्नतालाई कायम राख्छ । 

२. फेसबुक ग्रुप पोस्ट ट्रेण्डिङलाई कायम गरिरहनुहोस्  

चाहे त्यो तपाईंको ग्रुपमा होस् वा फिडमा । कुनै पनि पोस्टलाई मानिसहरुले लाइक वा कमेन्ट गरिरहन्छ भने त्यस्ता पोस्टहरुलाई फेसबुकले टपमा देखाइरहन्छ । यदि तपाईंसँग पनि यस्तो पोस्ट छ भने यसमा सदस्यहरुको संलग्नता बढिरहन्छ र यसको भ्यूअरसिप पनि बढिरहन्छ । 

तर तपाईंलाई इङगेजिङ पोस्ट मात्र पर्याप्त हुँदैन, ट्रेण्डिङ पोस्टको समेत खाँचो पर्छ । ट्रेण्डिङमा पोस्टलाई ल्याउन ग्रुपमा भएको पोस्टमा निरन्तर इङगेज भइरहनुहोस् । यस्तो बेला अरुको पोस्टमा लाइक कमेन्ट गरेर समय खेर नफाल्नुहोस् । 

जब तपाईंले कुनै पनि ग्रुप पोस्टमा मानिसहरुको राम्रो इङगेजमेन्ट देख्नुहुन्छ तब तपाईं त्यसलाई सुपरचार्ज गरी बढाउर लैजान चाहनुहुन्छ भने एक/दुईजना व्यक्तिको पोस्टमा लाइक वा कमेन्ट गरिदिनुहोस् यसो गर्दा रिप्लाईको श्रृंखला बढेर पोस्टमा इङगेजमेन्ट बढिरहन्छ । 

यसरी कमेन्ट र पोस्टमा हुने संलग्नताले पोस्टलाई ट्रेण्डिङमा धकेल्छ । 

३. ग्रुप मेम्बरलाई ट्याग गर्ने तथा पुराना पोस्टहरुलाई मेन्सन गर्ने गर्नुहोस् 

फेसबुक कम्पनी प्रयोगकर्ताले आफ्नो प्लेटफर्म कहिल्यै नछाडोस् भन्ने चाहान्छ । फेसबुकले तपाईंलाई ग्रुप वा पेजमा बाहिरको लिङ्क वा रिफ्रेन्स जोड्न निरुत्साहित गर्छ । यसैले तपाईंको ग्रुपलाई फेसबुकको प्रिय बनाउने एउटा तरिका भनेको ग्रुपका मेम्बरहरुलाई मेन्सन गर्नु हो । 

यो काम एकदमै सजिलो छ । यसका लागि फेसबुक ग्रुप इन्साट्समा गएर तपाईंको टप पर्फमिङ पोस्ट र अत्याधिक इङगेज हुने ग्रुप सदस्यहरु हेर्नुहोस् । 

ती नामहरुको नोट बनाउनुहोस् र प्रत्येकलाई एक एक हप्ता टिपेर ग्रुपमा मेन्सन गर्नुहोस् । यसले उनीहरुलाई थप इङगेज भइरहने प्रेरणा दिन्छ । 

अर्को तरकिा भनेको ग्रुपको पुरानो पोस्टलाई रेफ्रेन्सको रुपमा दिनुहोस् । नोट गर्नु भएका राम्रा मेम्बरहरुको पोस्ट खोज्नुहोस् । त्यसलाई सुपर इङगेज गराउनुहोस् । 

यसलाई खोज्ने सजिलो तरिका भनेको पोस्टमा गएर त्यो पोस्ट भएको समयमा क्लिक गर्नु नै हो । 

यति गरेपछि पर्मालिङ्क पपअप हुन्छ त्यसलाई तपाईंले कुनै पनि नयाँ पोस्टमा समावेश गरेर पुरानो पोस्टमा फिर्ता आउन सक्नुहुन्छ । यो विधि एकदमै सामान्य र सजिलो छ । 

४. फेसबुक ग्रुप कम्युनिटीसँग सेलिब्रेट गर्नुहोस् 

ग्रुपमा इङगेजमेन्ट कायम राख्न सकिने अर्को तरिका भनेको ग्रुपको राम्रा र उल्लेखनीय क्षणहरु, उपलब्धी र प्रगति, वार्षिकोत्सवहरु सदस्यहरुसँग मनाउनु हो । 

ग्रुपमा सदस्य थप भएर निश्चित संख्या पुग्दा होस् वा वार्षिकीमा फेसबुक लाइभ होस्ट गर्नुहोस् । यसरी फेसबुकमा इङगेजमेन्ट बनाउनुहोस् । 

यी चार गल्ती नगर्नुहोस् 

फेसबुक ग्रुप सधै गरेर मात्र बढ्दैन कहिलेकाँहिँ कतिपय कुरा नगरेर नै पनि ग्रुप बढाउन सकिन्छ । केही चार गल्तीहरु छन्, जुन तपाईंले नगर्दा ग्रुप बढ्न सक्छ । 

  • आफूसँग भएका मेम्बरलाई इङगेज गराउने गतिविधि गर्नको सट्टा नयाँ मानिसहरुलाई जोड्न उद्धत नहुनुहोस् । 
  • इङगेजिङको सट्टा सिकाउनेमा ध्यान केन्द्रित गर्नुहोस् । यसैले ग्रुपमा बारम्बार सिकाउने र सोध्ने गर्नुहोस् । 
  • ग्रुप बढाउने ध्यानमा जस्ता पायो त्यस्ता व्यक्तिलाई जोइन नगर्नुहोस् । थोरै मान्छे तथा सही मान्छ भए भने ग्रुपले आफ्नो दीर्घकालीन लक्ष्य हासिल गर्न सक्छ । 
  • ग्रुपमा आउने सबै पोस्टलाई जथाभावी अनुमति दिने वा अप्रुभ गर्ने बानी हटाउनुहोस् । पोस्टको महत्व र समयको आधारमा पालोमा राखेर अप्रुभ गर्दै जानुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१