close

स्मार्टफोनका लागि उपयुक्त ४ एन्टीभाइरस एप

टेकपाना टेकपाना

पुस २५, २०७७ ८:५८

स्मार्टफोनका लागि उपयुक्त ४ एन्टीभाइरस एप

काठमाडौं । मोबाइलमा एन्टीभाइरस कति आवश्यक हो भन्ने कुरा सधैंको चर्चाको विषय हो । तर, पनि धेरैले सुरक्षाको हिसाबले एन्टीभाइरस राख्नुलाई नै राम्रो भएका बताउँदै आएका छन् ।

त्यसमा पनि अझ तपाईंको फोन लामो समयदेखि अपडेट भएको छैन भने त एन्टीभाइरस एप तत्कालै डाउनलोड गरी प्रयोगमा ल्याउने उचित हुनेछ ।

तर, त्यसका लागि कुन एन्टीभाइरस प्रयोग गर्ने त ? किनभने एप स्टोरमा उपलब्ध सबै एन्टीभाइरस, एन्टीभाइरस हुँदैनन् । त्यसमा कतिपय फेक पनि हुनसक्छन् । जसले तपाईंको डेटा संकलन गर्ने काममात्रै गरिरहेका हुन्छन् ।

त्यसैले कुन एन्टिभाइरस मोबाइलका लागि उपयुक्त हुन्छ भन्ने विषयमा यहाँ हामी तपाईंहरुलाई केही छनोटका विकल्पहरु प्रस्तुत गर्दै छौं । जसमा केही एन्टीभाइरस प्रयोग गर्नका लागि भनी तपाईंले शुल्क बुझाउनुपर्ने हुन्छ । कतिपय नि:शुल्क पनि उपलब्ध रहेका छन् ।

१‍. सोफोस इन्टरसेप्ट एक्स

यो एन्टीभाइरस किन त ? सबैभन्दा महत्वपूर्ण कुरा सोफोस इन्टरसेप्ट एक्समा कुनै विज्ञापन आउने छैन । किनभने नि:शुल्क रुपमा उपलब्ध हुने धेर जसो एन्टीभाइरसमा विज्ञापनले हैरान पार्ने गर्छ । एन्टीभाइरस टेस्टमा पनि यो एपले राम्रो गरेर प्रमाणित भइसकेको छ । यो एप नि:शुल्क रुपमा उपलब्ध छ ।

२.क्यास्परस्काई एन्टीभाइरस : सेक्युरिटी, भाइरस क्लिनर

क्यास्परस्काई एन्टीभाइरस विश्वव्यापी रुपमै चर्चित एन्टीभाइरसको मोबाइल भसर्न हो । यो एपको प्रयोग निकै सहज छ । नि:शुल्क रुपमा उपलब्ध यो एन्टीभाइरस एपमा विज्ञापन भने आउने छ । तर, पनि उक्त विज्ञापनले कुनै असर भने गर्ने छैन ।

३. एभास्ट मोबाइल सेक्युरिटी

एभास्ट मोबाइल सेक्युरिटी पनि अर्को राम्रो विकल्प हो । यो एपमा नि:शुल्क उपलब्ध भएकाले यसमा केही विज्ञापन भने आउने छ । तर, उक्त विज्ञापनले तपाईंलाई कुनै असर गर्दैन । त्यतिमात्रै नभएर यसमा रहेको ‘बुस्ट र्‍याम’ फिचर एउटा उत्कृष्ट फिचर हो ।

४. बिटडिफेन्डर मोबाइल सेक्युरिटी एण्ड एन्टिभाइरस

बिटडिफेन्डर मोबाइल सेक्युरिटी एण्ड एन्टीभाइरसले तपाईंलाई विभिन्न माल्वेयरबाट बचाएर तपाईंको डिभाइसमा हुनसक्ने समस्या कम गर्न मद्दत गर्नेछ । याे एप प्रयाेगका लागि तपाईंले वार्षिक करिब १५ डलर तिर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१