close

गुगल एडसेन्सबाट घरमै बसी यसरी कमाउनुहोस् पैसा

टेकपाना टेकपाना

पुस २५, २०७७ १६:३९

गुगल एडसेन्सबाट घरमै बसी यसरी कमाउनुहोस् पैसा

कमल धिताल/-
अनलाइनबाट आम्दानी गर्ने सजिलो र भरपर्दो माध्यम हो, गुगल एडसेन्स । एडसेन्सलाई तपाईं आफ्नो जीविकोपार्जनमा सहयोगी बनाउन चाहनुहुन्छ भने यो लेख तपाईंलाई केही हदसम्म सहयोगी हुन सक्छ ।

म विगत ६ वर्षदेखि ब्लगिङमा रमाउँदै छु । सुरुका वर्षमा मैले ब्लग मात्र बनाएँ र यसबाट कसरी कमाइ हुन्छ भन्ने जानकारी नहुँदा त्यति जाँगर लागेन ।

जब मैल थाहा पाएँ, ब्लग आफ्नो मनको भावना र सूचना मात्र दिने होइन, राम्रो आम्दनीको स्रोत पनि हुन सक्छ भन्ने कुराकाे जानकारी पाएँ ।

त्यसपछि म निरन्तर यसमा लागेको छु र भर्खर एक महिनाअगाडि मात्र एक अर्को ब्लगबाट पनि ब्लगिङ यात्रालाई अगाडि बढाएको छु । आउनुहोस् आज एडसेन्स के हो र कसरी काम गर्छ, अनि कति र कसरी रकम पाउन सकिन्छ भन्ने विषयमा यो लेखबाट जानकारी लिउँ ।

गुगल एडसेन्स के हो ?

साधारण रूपमा भन्नुपर्दा गुगलका धेरैजसो सेवा जस्तै जिमेल, गुगल ड्राइभ, गुगल पे जस्तै एडसेन्स पनि गुगलको एउटा सेवा हो ।

एडसेन्स एक विज्ञापन नेटवर्क हो, जुन हामीले युट्युवमा फिल्म हेर्दा बेला-बेलामा भिडिओमा आउने विज्ञापन हो । त्यस्तै तपाईं वेबसाइट भिजिट गर्दै हुनुहुन्छ भने त्यसमा आउने टेक्स्ट, जुन विज्ञापनको रुपमा आएको हुन्छ । त्यही नै गुगलको विज्ञापन नेटवर्क एडसेन्सले प्रदान गरेको सामग्री हो ।

पहिले विज्ञापनदाता र विज्ञापन प्रकाशकबारे जानकारी लिउँ ।

विज्ञापनदाता : यी ती मानिस वा संस्था हुन्, जुन सेवा वा उत्पादनको विज्ञापन गर्न चाहन्छन् । जसले गुगलको एड नेटवर्कमा आफ्नो सेवा वा वस्तुको विज्ञापन गर्छन् ।

प्रकाशक : यी ती व्यक्ति हुन्, जाे आफ्नो वेबसाइट, ब्लग वा युट्युव भिडिओहरूमा अन्य व्यक्ति वा संस्थाको विज्ञापन राखेर पैसा कमाउँछन् । विज्ञापनदाताले विज्ञापन दिएपछि प्रकाशकले आफ्नो च्यानल साइट आदिमा सो एड प्राप्त गर्छन् ।

त्यसैले विज्ञापनदाताले गुगलमा विज्ञापन दिन्छन्, जुन गुगलले एडसेन्समार्फत प्रकाशकहरूलाई दिन्छ र प्रकाशकले एडसेन्समार्फत विज्ञापन लिन्छन् र उनीहरूको वेबसाइट, ब्लग र युट्युव भिडिओमा सजिलै राखेर पैसा कमाउँछन्।

एडसेन्सले कसरी काम गर्छ ?

एडसेन्सको कार्य सजिलाेगरी बुझ्न, हामीले गुगल सर्च इन्जिन, गुगल एड र एडसेन्स बुझ्नुपर्छ।

गुगल सर्च इञ्जिन : गुगल एक सर्च इन्जिन हो, जसमा हामी प्रत्येक दिन केही खोजी गर्दछौं । जब तपाईं गुगलमा केही खोजी गर्नुहुन्छ, केही नतिजा गुगल रिजल्ट पेजकाे सुरूमा देखा पर्दछन्, जुन तपाईंले सर्च बक्स मुनी देख्न सक्नुहुन्छ।

गुगलले विज्ञापनदाताबाट विज्ञापन प्राप्त गर्न गुगल विज्ञापन बनाएको छ ।

गुगल एड्स कुनै व्यक्ति वा संस्थाले गुगलमा उनीहरूको सामान, सेवा र व्यवसायको विज्ञापन गर्न यस वेबसाइटमा अकाउन्ट खोल्नुपर्छ । यदि तपाईंले आफ्नो कुनै वस्तु, सेवा वा अन्य कुनै कुरा गुगलमा विज्ञापन गरौं भन्ने सोच्नुभएकाे छ भने त्यसका लागि गुगल एडमा रजिस्टर गर्नुपर्ने हुन्छ र कति पैसा बराबरको विज्ञापन कति दिनका लागि गर्ने हो, त्यसको पेमेन्ट गर्नुपर्छ ।

जब कुनै संस्था/व्यक्तिले विज्ञापन गर्छ, सो विज्ञापन तपाईंको युट्युव भिडिओ र वेबसाइटहरुमा देखापर्छ । यसअन्तर्गत जुन ठाउँमा विज्ञापन देखाउनुपर्ने हाे, सो ठाउँमा देखाउँछ ।

जसमा गुगलले विज्ञापनमार्फत विज्ञापनकर्ताबाट पैसा लिन्छ र केही प्रकाशकलाई दिन्छ, केही आफैंसँग राख्छ । एडसेन्सले चाहिँ तपाईंले पहिला खाेजी गरेको डेटाको आधारमा विज्ञापन दिने गर्छ ।

यदि विज्ञापनदाताले सर्च रिजल्टमा मात्र विज्ञापन देखाउने विकल्प छानेको छ भने सो विज्ञापन अरु भिडिओ र वेबसाइटमा देखाउँदैन ।

(नोटः प्रकाशकहरूले विज्ञापन प्राप्त गर्न केवल उनीहरूको वेबसाइट वा ब्लगमा कोड राख्नुपर्छ र विज्ञापन कोड परिवर्तन गर्नुपर्दैन ।)

एडसेन्सबाट पैसा कसरी कमाउने :

एडसेन्सबाट पैसा कमाउने दुई तरिका छन् । एउटा वेबसाइट वा ब्लग र अर्को युट्युव भिडिओ मोनिटाइज गरेर कमाइ गर्न सकिन्छ ।

जब तपाईंहरुले आफ्नो युट्युव वा ब्लग एडसेन्सको गाइडलाइन अनुसार तयार भएको भन्ने लाग्छ भने एडसेन्स अप्लाई गर्नसक्नु हुन्छ ।

कोभिडका कारण गर्दा हाल एडसेन्स अप्रुभ केही ढिला भएको छ । आउनुहोस्, पहिले वेबसाइट वा ब्लगमार्फत एडसेन्सबाट पैसा कमाउने जानकारीलाई बुझौं ।

१. ब्लगिङ

तपाईंलाई ब्लगिङको प्रयोग गरी एडसेन्सबाट पैसा कमाउन एउटा ब्लग, जुन गुगलले सपाेर्ट गर्ने भाषामा भएको हुनुपर्छ । नेपाली भाषालाई गुगलले हालसम्म एडसेन्स ‘अप्रुभ’ गरेको छैन ।

ब्लग बनाएर ब्लगिङ सुरू गर्नु धेरै सजिलो काम हो, तपाईं ब्लगस्पटमा निःशुल्क ब्लग पनि बनाउन सक्नुहुन्छ । तर तपाईंले फ्री होस्टिङ प्रयोग नगर्नु राम्रो हो । दीर्घकालीन रुपमा ब्लगिङ गर्छु भन्ने लाग्छ भने एउटा राम्रो डोमेन किनेर सुरु गर्नु नै राम्रो हो ।

ब्लगरको ब्लगलाई पनि तपाईंले आफूले चाहेको डोमेनमा रिडाइरेक्ट गरेर आफ्नो ब्लगलाई राम्रो बनाउन सकिन्छ ।

ब्लग बनाएपछि तपाईंले एडसेन्स शर्तअनुसार जब तपाईंको वेबसाइट छ भने एडसेन्सका लागि साइनअप गर्न सक्नुहुन्छ । गुगल एडसेन्स टिमले तपाईंको ब्लग राम्रोसँग जाँच गरिसकेपछि एडसेन्स पोलिसी अनुसार भए स्वीकृति प्रदान गर्छ ।

पोलिसी अनुसार छैन भने कारण दिएर सुधार गरी पुनः अनुरोध गर्न सल्लाह दिन्छ । स्वीकृत भएमा तपाईंले एडसेन्सको कोड आफ्नो ब्लगमा राखेर आम्दानीको ढोका खोल्न सक्नुहुन्छ ।

त्यसपछि, तपाईंको वेबसाइटमा आएका व्यक्तिले वेबसाइटका विज्ञापन देख्नेछन् र यदि उनीहरूले क्लिक गरेमा एडसेन्स अकाउन्टमा पैसा चढ्छ ।

तपाईंको एडसेन्स अकाउन्टमा १०० डलर वा यसभन्दा बढी भएपछि महिनाको २१ देखि २६ तारिखभित्रमा दिइएको ठेगानामा गुगलले पैसा पठाइदिन्छ ।

२. युट्युव

युट्युवमार्फत एडसेन्सबाट पैसा कमाउन तपाईंले युट्युव च्यानल बनाउनुपर्छ, जुन एकदम सजिलो छ। यदि तपाईं युट्युवको वेबसाइटमा गएर गुगल अकाउन्टले लगईन गर्नुभयो भने तपाईंको युट्युव च्यानल तयार हुन्छ ।

युट्युव च्यानल बनाएपछि, तपाईंले भिडिओ बनाउनुपर्छ र युट्युव च्यानलमा अपलोड गर्नुपर्छ ।

नोट : भिडिओको कन्टेन्ट राम्रो छ भने तपाईंको च्यानल र भिडिओ छिट्टै लोकप्रिय हुन्छ र तपाईंको अम्दानी पनि बढ्छ ।

जब तपाईंको युट्युव च्यानलमा एक हजार सब्सक्राइबर र चार हजार घण्टा ‘वाच आवर’ को समयसीमा पार हुन्छ, यसपछि तपाईंको च्यानल मोनिटाइज सुरु हुन्छ । युट्युव च्यानललाई मोनिटाइज गर्न सजिलो छ । तपाईं युट्युव च्यानलको सेटिङमा गएर यो काम सजिलै गर्न सक्नुहुन्छ ।

एडसेन्स अकाउन्ट बनाउने :

अब तपाईंसँग युट्युव च्यानल वा ब्लग छ भने adsense.google.com मा गएर एप्लाई गर्नसक्नु हुन्छ । केही दिनमा एडसेन्स टिमले ईमेलमा स्वीकृत वा अस्वीकृत सबन्धी जानकारी पठाँउछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१