काठमाडौं । करदाताहरुले आन्तरिक राजस्व कार्यालयको राजस्व अब खल्ती मोबाइल वालेटबाटै भुक्तानी गर्न सकिने भएको छ । योसँगै आन्तरिक राजस्व विभाग अन्तर्गतका भ्याट, सम्पत्ति कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क करदाताले खल्तीबाटै बुझाउन सक्नेछन् ।
प्रयोगकर्ताले यो सेवा खल्ती एप तथा वेब दुवै भर्सनबाट लिन सकिने छ । त्यसका लागि सुरुमा तपाईंसँग खल्ती अकाउण्ट भने हुनुपर्नेछ । त्यसाे भएको खण्डमा तपाईंले घरमै बसेर विभिन्न सरकारी राजश्व बुझाउन सक्नुहुनेछ ।
कम्पनीका निर्देशक अमित अग्रवालका अनुसार हाल उक्त सिस्टममा नेपाल बैंक, ग्लोबल आईएमई बैंक गरी दुई ओटा बैंक जोडिएका छन् । भने, आगामी दिनमा थप बैंकहरु थपिँदै जानेछन् ।
२. अब त्यहाँ रहेको करदाता पोर्टलमा क्लिक गर्नुहोस्।
३. अब त्यहाँ Online E-Services मा रहेको ‘General’ मा क्लिक गरी त्यसमा रहेको ‘Tax Payer Login’ मा क्लिक गर्नुहोस् ।
४. उक्त‘Login’ पेजमा तपाईंले स्थायी लेखा नम्बर र प्रयोगकर्ताको नम्बरमा आफ्नो व्यवसायको स्थायी लेखा नम्बर (PAN Number) भरी पासवर्ड भरी लगइन गर्नुहोस् ।
५. लगइन भएसँगै अब त्यहाँभित्र रहेकाे ‘Payment Voucher’ मा क्लिक गर्नुहोस् ।
६. रकम जम्मा हुने बैंकमा तपाईले नेपाल बैंक लिमिटेड अथवा ग्लाेबल आईएमई बैंकमध्य कुनै एक छान्नुहोस् र रकम बुझाउन चाहनुभएको करको प्रकार, राजस्व शीर्षक र कर विवरण छान्नुहोस् र अन्तयमा आर्थिक वर्ष छानी तल रहेकाे ‘Generate Transaction Code’ मा क्लिक गर्नुहाेस् ।
७. विवरण ठिक छ/छैन जाँच गरी ‘Confirm’ मा क्लिक गर्नुहोस् ।
८. अब त्यहाँ रहेकाे ‘Transaction Code’ नाेट गरी खल्तीको Website वा App खोल्नुहोस् ।
९.App / Web मा रहेको Government Services मा रहेको ‘FCGO‘ मा क्लिक गर्नुहोस्।
१०. अब EBP Number मा अगि नोट गर्नुभएको Transaction Code र शुल्क भरी ‘Get Details’ मा क्लिक गर्नुहोस्।
११. देखाइएको विवरण ठिक भए ‘Check Out’ मा क्लिक गरि पेमेन्ट विकल्प छनौट गर्नुहोस् ।