close

टिकटकमा भेटियाे बग, लाखाैं प्रयोगकर्ताको ईमेल आईडी र फोन नम्बर ह्याकरको हातमा

टेकपाना टेकपाना

माघ १४, २०७७ १२:५८

टिकटकमा भेटियाे बग, लाखाैं प्रयोगकर्ताको ईमेल आईडी र फोन नम्बर ह्याकरको हातमा

काठमाडौं । लाेकप्रिय एप टिकटकमा नयाँ सुरक्षा कमजाेरी देखिएकाे छ । यसअन्तर्गत ह्याकरले सहजै प्रयोगकर्ताको फोन नम्बर, ईमेल आईडी लगायतका जानकारी प्राप्त गर्न सक्ने खालको कमजोरी फेला परेको छ ।

साइबर सेक्युरिटी रिसर्चर चेकप्वइन्टले मंगलबार यसबारे जानकारी दिएको हो । जुन प्रयोगकर्ताले आफ्नो मोबाइल नम्बर टिकटकसँग लिंक गरेका छन्, ती प्रयोगकर्ताको हकमा मात्रै यस्तो समस्या देखिएको चेकप्वइन्टले उल्लेख गरेकाे छ ।

यो बग टिकटकको ‘फाइन्ड फ्रेन्ड’ अप्सनमा रहेको जनाइएकाे छ । जसमार्फत ह्याकरले प्रयोगकर्ताको फोटाे, फोन नम्बर लगायतका विवरणमा पहुँच पुर्‍याउन सक्नेछ । याे समस्या समाधानका लागि प्रयास गरिरहेकाे जानकारी टिकटकले दिएकाे छ ।

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४