काठमाडौं । भारतमा केही महिनादेखि बहसको विषय बन्दै आइरहेको फौजी (फियरलेस एन्ड युनाइटेड गार्डस्) गेम औपचारिक रुपमा सार्वजनिक भएको छ ।
देशको गणतन्त्र दिवसको अवसरमा मंगलबार ल्याइएको यो गेमको पहिलो एडिसन गुगल प्ले स्टोरमा उपलब्ध छ । भारतीय समाचार माध्यमलेहरू पछिल्लाे २४ घण्टामा १० लाख प्रयोगकर्ताले यो एप डाउनलोड गरेकाे समाचार प्रकाशित गरेका छन् ।
गुगल प्ले स्टोरमा यो एपलाई धेरैले फाइभ स्टार रेटिङ समेत दिएका छन् । प्रतिक्रिया दिँदै प्रयोगकर्ताले गेममा थप ग्राफिक्स र गेमको प्रस्तुतिमा सुधार गर्न सुझाव दिएका छन् ।
फौजी गेमको यो पहिलो चरण भएकाले आगामी अपडेटमा धेरै सुधार र फिचर सहित एप उपलब्ध हुने गेम डेभलपर एनकोर प्रालिले जनाएको छ ।
Fight for your country. Protect our flag. Action game FAU-G takes you to the frontlines and beyond! Start your mission today. Jai Hind!
यो एप हाल भारतका एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध भएपनि आईओएस प्रयोगकर्ताका लागि कहिले आउँछ भन्नेमा केही स्पस्ट जानकारी आएको छैन ।
फाैजी गेम गाल्वान गाउँकाे पृष्ठभूमिमा आधारित छ । यसमा भारतीय र चिनियाँ सेनाहरू बीचको संघर्ष चल्छ । पब्जीकाे विकल्पका रूपमा हेरिए पनि याे गेम धेरै फरक छ । यसमा पब्जी मोबाइलको जस्तो ब्याटल रोयल गेम मोड छैन । गेमरले एकल रुपमा खेल खेल्नेछ ।
अर्कोतर्फ भारतमा पब्जी मोबाइल गेमले पुनरागमन गर्ने रिपोर्ट आइरहे पनि स्पस्ट स्रोत कतै फेला परिसकेको छैन ।