close

शक्तिशाली ब्याट्री भएको सामसङको सस्तो स्मार्टफोन सार्वजनिक

टेकपाना टेकपाना

माघ १५, २०७७ ७:४९

शक्तिशाली ब्याट्री भएको सामसङको सस्तो स्मार्टफोन सार्वजनिक

काठमाडौं । सामसङले आफ्नो नयाँ स्मार्टफोन सामसङ ग्यालेक्सी ए ०२ सार्वजनिक गरेको छ । कम्पनीले यो नयाँ फोन पहिलो पटक थाइल्याण्डमा सार्वजनिक गरेको हो ।

सामसङ ग्यालेक्सी ए ०२ एउटा बजेट फोन हो । जसमा ६.५ इञ्चको इन्फिनिटी डिस्प्ले दिइएको छ ।

यसबाहेक फोनको पछाडि भागमा दुई वटा क्यामेरा राखिएका छन् भने पावरका लागि ५००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री दिइएको छ ।

कति छ मूल्य ?

थाइल्याण्डमा यो फोनको दुई जीबी र्‍याम तथा ३२ जीबी स्टोरेज भेरियन्टको मूल्य २,९९९ थाइ बहट अर्थात ११ हजार ६८० रुपैयाँ राखिएको छ । सामसङ ग्यालेक्सी ए ०२ स्मार्टफोन ३२ जीबी तथा ६४ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ ।

यो फोन डेनिम ब्ल्याक, डेनिम ब्लू, डेनिम ग्रे र डेनिम रेड कलर भेरियन्टमा बजारमा आएको छ । नेपालमा यो फोन सार्वजनिक हुने विषयमा भने अहिलेसम्म कुनै आधिकारिक जानकारी आएको छैन ।

यस्तो छ अन्य स्पेसिफिकेसन

सामसङको यो नयाँ स्मार्टफोनको डिस्प्लेको रेजोलुसन ७२० बाई १६०० पिक्सेल रहेको छ । फोनमा १.५ गिगाहर्जको मिडियाटेक एमटी६७३९ डब्लू क्वाडकोर प्रोसेसर राखिएको छ ।

यो फोन २ जीबी तथा ३२ जीबी, ३ जीबी तथा ३२ जीबी र ३ जीबी तथा ६४ जीबी स्टोरेज भेरियन्टमा प्राप्त गर्न सकिनेछ । यद्यपी मेमोरी कार्डमार्फत यसको स्टोरेज क्षमता एक टीबीसम्म विस्तार गर्न सकिन्छ ।

सामसङको यो फोनको क्यामेराको कुरा गर्ने हो भने यसमा दुई ओटा रियर क्यामेरा दिइएको छ । जसमा एफ/१.९ अपार्चर भएको १३ मेगापिक्सेलको मेन क्यामेरा र दुई मेगापिक्सेलको म्याक्रो लेन्स रहेको छ ।

म्याक्रो लेन्सको अपार्चर भने एफ/२.४ छ । क्यामेरामा ८ एक्स जुम समेत रहेको छ । सेल्फीका लागि भने यसमा पाँच मेगापिक्सेलको क्यामेरा राखिएको छ ।

५००० एमएएच क्षमताको ब्याट्री राखिएको यो फोनमा ७.७५ वाटको फास्ट चार्जिङ सपोर्ट दिइएको छ । यसैगरी कनेक्टिभिटीका लागि यसमा फोरजी एलटीई, ३.५ एमएम हेडफोन ज्याक, वाईफाई बी/जी/एन, ब्लुटुथ भी ५.०, जीपीएस प्लस ग्यालोन्स र माइक्रो यूएसबी पोर्ट रहेको छ । यसको तौल २०६ ग्राम छ ।

एजेन्सी ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४