close

एनसेलले २१ अर्ब १० करोड लाभकर तिर्नुपर्ने(पूर्णपाठसहित)

टेकपाना टेकपाना

मंसिर ५, २०७६ १६:६

एनसेलले २१ अर्ब १० करोड लाभकर तिर्नुपर्ने(पूर्णपाठसहित)

एनसेलले २१ अर्ब १० करोड ३९ लाख तिर्नुपर्ने भएको छ । भदौं ९ गते बसेको प्रधानन्यायाधीश सहितको पूर्ण इजलासले एनसेलले तिर्नु पर्ने लाभकर विषयमा गरेको निर्णयको पूर्णपाठ आज सार्वजनि गरेकाे हाे ।

फैसलाको पूर्ण पाठसँगै अब एनसेलले २१ अर्ब १० करोड ३९ लाख रुपैयाँ पूँजीगत लाभकर तिर्नुपर्ने भएको छ । यसअघि ठूला करदाता कार्यलयले वैशाख ३ गते एनसेलले ३९ अर्ब ६ करोड ६ लाख तिर्नुपर्ने भनी निर्धारण गरेको थियो । त्यो सँगै एनसेल सर्वोच्चमा गएको थियो ।

उक्त मुद्दामा वैशाख २३ गते न्यायाधीश बम कुमार श्रेष्ठको एकल इजालसले तत्काललाई उक्त निर्णय कार्यान्वयन नगराउनु भनी फैसला सुनाएका थिए । त्यसको भोलिपल्ट वैशाख २४ न्यायाधीश समना मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मुद्दा पूर्ण इजलासमा पेस गर्ने आदेश दिएको थियो । साथै सुनवाइ नहुँदासम्म एनसेलमाथि भएको कर निर्धारण अनुसारको कुनैपनि प्रक्रिया अगाडी नबढाउन पनि आदेश दिएको थियो ।

त्यसैको आधारमा भदौं ९ गते प्रधानन्यायधीश सहितको पूर्ण इजलास बस्यो । उक्त पूर्ण इजलासले २१ अर्ब २१ अर्ब १० करोड ३९ लाख एनसेलर्ले तिर्नुपर्ने भनी निर्धारण गर्‍यो । त्यसको पूर्णपाठा आज सार्वजनिक भएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१