काठमाडौं । व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (दोस्रो) ले निःशुल्क रुपमा तीन महिने (३९० घण्टे) सीपमूलक तालिम आयोजना गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको यो परियोजनाले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा निःशुल्क तालिम दिने भएको हो ।
तालिम विभिन्न ४४ विषयमा उपलब्ध गराइने यो सीपमूलक तालिमका लागि आउँदो फागुन ६ गते राति १२ बजेसम्म अनलाइनमार्फत आवेदन फाराम भरिसक्नुपर्ने आयोजनाले जनाएको छ । इच्छुक गरिब, बेरोजगार युवाहरुलाई लक्षित गर्दै यो तालिम आयोजना गर्न लागिएको हो ।
तालिमका साथै सीप परीक्षण समेत निःशुल्क हुनेछ । तालिम समयमा खाजाको व्यवस्था समेत गरिएको छ । तालिममा गरिब, महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्गता भएका, अति सीमान्तकृत तथा सीमान्तकृत जनजाति, पिछडिएको क्षेत्रमा बसोबास गर्ने व्यक्तिलाई प्राथमिकता दिइने आयोजनाले जनाएको छ ।
तालिम पश्चात तालिम तथा रोजगार सेवाप्रदायक संस्थाबाट रोजगारीका लागि सहजीकरण समेत गरिनेछ । तालिममा सहभागी हुन १६ वर्ष पुरा भई ४० वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ । आवेदन फाराममा रहेका सूचकको आधारमा आवेदकहरुमध्येबाट सहभागी छनौट गरिने बताइएको छ ।
तालिम उपलब्ध गराउनका लागि तालिम सेवाप्रदायक संस्थाहरु यस अघि नै छनौट गरिसकिएको आयोजनाले जनाएको छ । करिब ८००० प्रशिक्षार्थी छनौट गरी आउँदो चैतदेखि यो तालिम सुरु हुनेछ ।
यस्ता छन् तालिमका विषय
आर्क वेल्डर
आल्मुनियम फेव्रिकेटर
इण्डस्ट्रियल इलेक्ट्रिसियन
इण्डियन कुक
इलेक्ट्रिकल एप्लाइन्सेस रिपेयरर
ईसीडी फेसिलिटेटर
असिस्टेन्ट लाइब्रेरियन
असिस्टेन्स वेटर
असिस्टेन्स व्युटिसियन
कन्टिनेन्टल कुक
कमिस-III
कम्युनिटी एग्रिकल्चर असिस्टेन्स
कम्युनिटी लाइभस्टक असिस्टेन्स
कार्पेट वेभर
केयर गिभर
चाइनिज कुक
जनरल कुक
जुनियर कम्प्युटर हार्डवेयर टेक्निसियन
जुनियर प्लम्बर टायल तथा मार्वल फिटर
टिभी एण्ड रेडियो रिपेयर टेक्निसियन
टेलरिङ
टेलिकम टेक्निसियन
डेण्टल चेयर साइड असिस्टेन्स
ड्रेस मेकर थान्का (पाँवा) आर्ट
प्लास्टरर
फर्निचर मेकर
फेसन डिजाइनर
बार्वर
विल्डिङ इलेक्ट्रिसियन
विल्डिङ पेन्टर
बेकरी
बेमौसमी तरकारी उत्पादक
ब्रिकलेयर मेशन
भिलेज एनिमल हेल्थ वर्कर
मेशन
मोटरसाइकल सर्भिस मेकानिक
मोबाइल रिपेयर टेक्निसियन
रिसेप्सनिस्ट
रेफ्रिजेरेशन एण्ड एयर कण्डिसन जुनियर मेकानिक
सेक्युरिटी गार्ड
हाउस किपिङ/क्लिनर
ह्याण्ड इम्ब्रोइडरी
यसरी भर्नुहोस् अनलाइन आवेदन
निःशुल्क रुपमा सञ्चालन हुने सीपमूलक तालिममा सहभागी हुनका लागि अनलाइनमार्फत आवेदन दिनु अघि आफ्नो नागरिकताको स्क्यान कपी मोबाइलमा राख्नुहोस् ।
साथै अति सीमान्तकृत तथा सीमान्तकृत, जनजातिको सूचीमा सूचीकृत भएका जाति बाहेक अन्य जनजाति, दलित, अपाङ्गता भएका, एकल महिला जस्तो प्राथमिकता पाउनुपर्ने व्यक्तिगको रुपमा आवेदन दिँदै हुनुहुन्छ भने सोको प्रमाण खुल्ने कागजातको स्क्यान कपी समेत मोबाइल वा कम्प्युटरमा राख्नुहोस् ।
ख्याल गर्नुहोस्, एउटा मोबाइल नम्बर एक जनाको फाराम भर्नका लागि मात्र प्रयोग गर्न सकिन्छ ।टाइप गर्दा सबै ठाउमा अङ्ग्रेजीमा टाइप गर्नुपर्नेछ ।
तपाईंले भर्नुपर्ने कुनै विवरण खाली रहेमा विवरण सेभ हुनेछैन र के कारणले सेभ नभएको हो भन्ने कुराको एरर (Error) म्यासेज देखिनेछ । त्यसैले म्यासेज हेरी आफ्नो पुरा नभएको विवरण पुन: भर्नुहोस् र सेभ गर्नुहोस् ।
आवेदकले आफ्नो विवरण सत्य¸ तथ्य र प्रष्ट्र रुपमा भर्नु पर्नेछ । झुठ्ठा ठहरिएमा जुनसुकै बखत रद्द हुने छ । साथै झुठा विवरण भएमा प्रचलित कानुन बमोजिम कारबाही समेत हुन सक्नेछ । एक पटक फाराम भरी सेभ गरिसकेपछि दोस्रो पटक सेभ गर्न र सच्याउन मिल्दैन ।
अब अनलाइनबाट आवेदन भर्नका लागि सुरुमायहाँ क्लिक गर्नुहोस् ।
अब त्यसमा आफ्नो चालु अवस्थामा रहेको मोबाइल नम्बर राख्नुहोस् ।
अब एउटा फाराम खुल्छ । त्यसमा सहभागी हुन चाहने व्यक्तिको विवरणहरु भर्नुहोस् ।
आवेदकको नाम थर अंग्रेजी Capital Letter/Block Letter अर्थात अंग्रेजी ठूलो अक्षरमा टाइप गर्नुहोस् ।
जाति समूहमा आफ्नो जाति/जनजाति फेला नपरेमा “अन्य” छान्नुहोस् ।
लिङ्गमा गएर महिला वा पुरुष खुलाउनुहोस् ।
जन्म मितिको रुपमा गते/महिना/वर्ष राख्नुहोस् ।
वैवाहिक अवस्थामा गएर विवाहित, अविवाहित वा सम्बन्धविच्छेद खुलाउनुहोस् ।
विशेष अवस्था केही छ भने उपयुक्त कोठामा ठिक चिन्ह लगाउनुहोस (नोट: यसका लागि आवेदकले फाराम भर्दा प्रमाणपत्र अनिवार्य रुपमा अपलोड गर्नु पर्ने हुन्छ)
शैक्षिक विवरणमा गएर लिष्टबाट छान्नुहोस् ।
रोजगारी तथा आय विवरणमा हालको रोजगारीको स्थिति लिष्टबाट छान्नुहोस् ।
यदि तपाईं रोजगार/अर्धरोजगारमा हुनुहुन्छ भने वार्षिक आम्दानी (आफ्नो आय मात्र) भर्नुहोस् ।
तपाईंको परिवारमा आफ्नै उत्पादनले कति महिना खान पुग्छ ? लिष्टबाट छान्नुहोस् ।
के तपाईंले यसभन्दा अघि कुनै तालिम लिनुभएको छ ? Yes/No छान्नुहोस् ।
यदि छ भने मात्र तालिमको नाम र अवधि लेख्नुहोस् ।
तालिम लिन इच्छुक हुनुको कारण लिष्टबाट छान्नुहोस् ।
तपाईंले यो तालिमको बारेमा कसरी जानकारी पाउनुभयो ? उपयुक्त कोठामा ठिक चिन्ह लगाउनुहोस् ।
तपाईको बारेमा जानकारी लिनु परेमा लेखिएको स्थानमा तपाईंलाई चिन्ने व्यक्तिको (परिवारको सदस्य बाहेक) को नाम र मोबाइल नम्बर टाइप गर्नुहोस् ।
आवेदकको ठेगानामा गएर स्थायी ठेगानाको रुपमा लिष्टबाट आफ्नो प्रदेश, जिल्ला, गाँउपालिका/नगरपालिका, वडा नंम्बर (अंकमा Type गर्नुहोस्), टोल/बस्ती टाइप गर्नुहोस् ।
फोन नम्बर अंकमा खुलाउनुहोस् । नागरिकता नम्बर टाइप गर्नुहोस्, नागरिकता लिएको जिल्ला र साल लिष्टबाट छान्नुहोस् । बाबु आमाको नाम थर Capital Letter/Block Letter मा टाइप गर्नुहोस् ।
हालको ठेगाना ( यदि स्थायी ठेगानाभन्दा फरक भएमा मात्र भर्नुपर्ने ) मा प्रदेश, जिल्ला र गाँउपालिका/नगरपालिका लिष्टबाट छान्नुहोस् ।
वडा नम्बर (अंकमा), टोल/बस्ती, फोन नम्बर (अंकमा) टाइप गर्नुहोस् ।
तपाईंको परिवारमा तपाईंसहित कति सदस्य हुनुहुन्छ ? अंकमा टाइप गर्नुहोस् ।
तपाईं वैदेशिक रोजगारीबाट फर्कनु भएको हो ? लिष्टबाट छान्नुहोस् ।
तपाईं वैदेशिक रोजगारीमा जाने सोचाईमा हुनुहुन्छ ? लिष्टबाट छान्नुहोस् । यदि हुनुहुन्छ भने राहदानी (पासपोर्ट) बनाउनु भएको छ ? लिष्टबाट छान्नुहोस्, लिनु भएको छ भने पासपोर्ट नम्बर पनि खुलाउनुहोस् ।
के तपाईं काम खोज्नका लगि निःशुल्क रोजगारी (जब प्लेसमेन्ट) सहजीकरणको सेवा लिन चाहनुहुन्छ ? लिष्टबाट छान्नुहोस् ।
त्यसपछि अन्तिममा रहेको सबमिट बटनमा (Submit Button) मा क्लिक गर्नुभन्दा अगाडि सबै विवरण मिले नमिलेको एकपटक पुनः हेर्नुहोस् ।
सबमिट एप्लिकेसनमा (Submit Application) क्लिक गरेपछि तपाईंको सुरुमा राखेको मोबाइलमा भेरिफिकेसन कोड प्राप्त हुनेछ ।
उक्त कोड राखी भेरिफाई बटन (Verify Button) मा क्लिक गर्नुहोस् ।
आवेदन स्वीकृत भएपछि तपाईंको यही मोबाइलमा टोकन नम्बर आउने हुनेछ। त्यस्तो टोकन नम्बर सुरक्षित राख्नुपर्ने हुन्छ ।
फाराम भर्दा केही समस्या आएमा परियोजनाको पैसा नलाग्ने टोल फ्री नम्बर १६६००१६७७७७ मा सम्पर्क गर्न सकिनेछ । अथवा परियोजनाको फोन नं. ०१-४७८६४११/३११ मा समेत कल गर्न सकिनेछ । साथै मोबाइल नं ९८४३७०२४४९ (आशिष दाहाल)¸ ९८४६१३३२१५ (नरेश खनाल)¸ ९७४१२३०१८५ (कृष्णप्रसाद पौडेल) लाई सोझै सम्पर्क गर्न पनि सकिनेछ ।