close

सस्तो फाइभजी आईफोन एसई प्लस सार्वजनिक गर्दै एप्पल

टेकपाना टेकपाना

माघ १७, २०७७ १०:२१

सस्तो फाइभजी आईफोन एसई प्लस सार्वजनिक गर्दै एप्पल

काठमाडौं । एप्पलले फाइभजी स्मार्टफोनको रुपमा आईफोन एसई प्लस चाँडै सार्वजनिक गर्ने भएको छ । एसई कम्पनीको सस्तो स्मार्टफोन सिरिज हो ।

सोही सिरिज अन्तर्गत कम्पनीले फाइभजी स्मार्टफोन बजारमा ल्याउने तयारी गरेको हो । हाल प्राप्त जानकारी अनुसार कम्पनीले सस्तो फाइभजी फोन आउँदो अप्रिलमा सार्वजनिक गर्नेछ ।

जसको बजार मूल्य करिब ५८ हजार रुपैयाँको हाराहारीमा पर्नसक्ने आँकलन गरिएको छ । हाल बजारमा उपलब्ध आईफोन एसई २०२० को मूल्य अन्तर्राष्ट्रिय बजारमा ४७ हजारको हाराहारीमा रहेको छ ।

यस हिसाबले हेर्ने हो भने नयाँ आईफोन एसई प्लसको मूल्य त्यसभन्दा ११ हजार रुपैयाँ बढी हुनेछ ।उपलब्ध जानकारी अनुसार आईफोन एसई प्लसमा ६.१ इन्चको आईपीएस डिस्प्ले रहने छ ।

साथै फोनमा होम बटन उपलब्ध हुने छैन । फोनमा १२ मेगापिक्सेलको रियर क्यामरा रहने छ । सेल्फीका लागि भने७ मेगापिक्सेलको फ्रन्ट क्यामेरा हुने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४