close

साढे चार खर्बमा ‘हनी’ किन्दै पे-पाल

टेकपाना टेकपाना

मंसिर ६, २०७६ ८:३९

साढे चार खर्बमा ‘हनी’ किन्दै पे-पाल

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी पे–पालले साढे चार खर्ब भन्दा बढी लगानीमा ब्राउजर एड–वान बनाउने कम्पनी ‘हनी’ खरिद गर्ने भएको छ । यो पे–पालले आजसम्म कुनै पनि कम्पनी खरिदको लागि खर्च गरेको सबैभन्दा ठुलो रकम हो । हनीलाई खरिद गरेसँगै अनलाई भुक्तानीबाट कम्पनीले आफ्नो दायरा फराकिलो बनाएको छ ।

हनी सन् २०१२ मा स्थापना भएको कम्पनी हो । जसको कार्यलय अमेरिकाको लस एन्जलमा रहेको छ । कम्पनीले अनलाईमा विभिन्न बस्तुहरुको मूल्य ट्रयाक गर्ने, जानकारी गराउने र पुरस्कार कार्यक्रमको व्यवस्थापनको काम गर्दै आएको छ ।

ग्राहकलाई मूल्यको बारेमा सचेत गराउने कम्पनीले ब्राउजर एड–वान्स र मोवाइल एप्लिकेशन निर्माण गर्छ । हाल कम्पनीले ३० हजार खुद्रा अनलाइन बिक्रेतालाई यो सेवा उपलब्ध गराउँदै आएको छ ।

‘हनी’ लाई खरीद गरेसँगै पे पालका दुई करोड ४० लाख मर्चेन्टलाई डिल हन्टिङ प्रोसेसमा संलग्न गर्न मद्धत पुग्ने अपेक्षा गरिएको छ । यद्यपी पे पालका प्रमुख कार्यकारी निर्देशक डान सुलम्यानले यसलाई ‘परिवर्तनकारी अधिग्रहण’ भएको बताएका छन् ।

उनले पे पाल अनलाई भुक्तानीमा मात्रै सिमित रहेकाले यसको दायरा फराकिलो बनाउन हनीलाई अधिग्रहण गरिएको बताए । जब पे पालले हनीलाई खरिद गर्ने निर्णय सार्वजनिक भयो त्यसको एक घण्टाको अवधिमा पे पालको शेयर मूल्यमा दुई प्रतिशतले गिरावट आएको उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१