close

माइक्रोसफ्टले लियो वितिसकेका मान्छेसँग कुरा गर्न सकिने च्याटबटको पेटेन्ट

टेकपाना टेकपाना

माघ १७, २०७७ १२:२६

माइक्रोसफ्टले लियो वितिसकेका मान्छेसँग कुरा गर्न सकिने च्याटबटको पेटेन्ट

काठमाडौं । आफ्ना मान्छे दिवंगत हुनुको दुःख सबैलाई हुन्छ । चाहे त्यो मानिस होस् वा जनावर नै । संसार छोडेर जानेहरुसँग फेरी दोस्रो पटक कुनै सम्पर्क हुन सक्दैन ।

केवल उनीहरु हाम्रो यादमा रहन्छन् । तर माइक्रोसफ्टले एउटा यस्तो च्याटबटको पेटेन्ट दर्ता गराएको छ, जसले संसार छोडेर जानेहरुको अभाव महसुस हुन दिनेछैन ।

अहिलेको समयमा संसारभरका कयौं कम्पनीहरुले आफ्नो कस्टमर केयरमा च्याटबट प्रयोग गर्दै आएका छन् । तर आउँदो समयमा माइक्रोसफ्टको यो आर्टिफिसियल इन्टेलिजेन्समा आधारित च्याटबटले त्यस्ता व्यक्तिहरुसँग कुरा गराउनेछ, जो अब यो दुनियाँमा छैनन् ।

माइक्रोसफ्टले आफ्नो जुन च्याटबटको पेटेन्ट दर्ता गराएको छ, त्यसबाट तपाईंले यस्ता व्यक्तिहरुसँग कुरा गर्न वा सल्लाह लिन सक्नुहुनेछ, जसको मृत्यु भइसकेको छ । माइक्रोसफ्टको यो च्याटबट चर्चित अमेरिकी टेलिभिजन सिरिज ‘ब्ल्याक मिरर’ मा आधारित छ ।

ब्ल्याक मिररमा एक युवती आफ्नो मृत ब्वाइफ्रेन्डसँग सामाजिक सञ्जालबाट एकत्रित गरएका जानकारीको आधारमा कुरा गर्छिन् । एक दुर्घटनामा युवतीको ब्वाइफ्रेन्डको मृत्यु भइसकेको हुन्छ ।

यसरी गर्नेछ काम

मानौं तपाईं आफ्नो एउटा यस्तो मनपर्ने कलाकारसँग कुरा गर्न चाहनुहुन्छ, जो यो दुनियाँमै छैनन् । त्यस्तोमा यो च्याटबट तपाईंका लागि एउटा महत्वपूर्ण उपहार बन्नेछ ।

मानौं यदि तपाईं दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठसँग कुरा गर्न चाहनुहुन्छ । यस्तोमा यो च्याटबटले तपाईंको त्यस्तो सपना पुरा गर्न सक्छ ।

इन्टरनेट र माइक्रोसफ्टको डेटाबेसमा उपलब्ध जानकारीको बधारमा यो च्याटबटले तपाईंसँग कुरा गर्नेछ र तपाईंका प्रश्नको जवाफ दिनेछ । महत्वपूर्ण कुरा के छ भने यो च्याटबट त्यस्तो अन्दाजमा कुरा गर्नेछ, जुन अन्दाजमा तपाईंले कुरा गर्न चाहेको दिवंगत व्यक्तिले कुरा गर्नसक्थ्यो ।

यस्तोमा त्यस्ता व्यक्तिको अभाव भएको महसुस तपाईंलाई हुने छैन । माइक्रोसफ्टको यो च्याटबट सार्वजनिक वा उपलब्धता हुने विषयमा भने अहिलेसम्म कुनै जानकारी आइसकेको छैन ।

एजेन्सी ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४