close

विश्वकै कान्छो प्रोग्रामर बने ७ वर्षीय कौटिल्य

टेकपाना टेकपाना

माघ १७, २०७७ १५:४८

विश्वकै कान्छो प्रोग्रामर बने ७ वर्षीय कौटिल्य

काठमाडौं । बेलायतका कौटिल्य कटारिया विश्वको सबैभन्दा कान्छो कम्प्युटर प्रोग्रामर बनेका छन् । गत वर्ष ६ वर्षकै कलिलो उमेरमा कौटिल्यले आईबीएमबाट एआई लगायत कम्प्युटर लेसनका सिरिज कोर्स सिकेका थिए । 

कौटिल्यसँग अहिले एआई तथा डेटा साइन्सका कम्तिमा ६ विभिन्न शर्टिफिकेसनहरु छन् । स्टेमको विश्वमा कौटिल्यको यो उपलब्धिले एउटा छुट्टै रेकर्ड कायम गरेको छ ।

कौटिल्य जब ६ वर्षका थिए, तब कुङ फू ग्रिपसँगको एक्सन फिगर नै प्रविधिको एउटा उपयुक्त उदाहण लाग्थ्यो उनलाई । 

आईबीएमको ब्लग पोस्टमा उल्लेख भए अनुसार, ‘यो विश्व रेकर्ड राख्नुअघि कौटिल्यले कम्प्युटर प्रोग्रामिङ तथा पाइथन ल्याङ्ग्वेज अवधारणा बुझ्न आइबीएमका पठन सामाग्रीहरु पढेका थिए ।

कोभिड १९ का कारण घरमा बस्न पर्दा कौटिल्यसँग उक्त कोर्स लिने विकल्प मात्र थियो । त्यसै समयमा उनले आफ्नो अभिभावकको सहयोगमा नयाँ सीप सिकेर समय बिताएका थिए ।’

सतहमा हेर्दा यो कथा निकै सुन्दर लाग्छ । तर यदि तपाईं केही वर्षअगाडि जानुभयो भने यो सुन्न अझै रमाइलो र रोचक छ । गिनिज विश्व रेकर्ड आफैमा एउटा उत्साजनक कुरा हो ।

तर कौटिल्यको गिनिज वर्ल्ड रेकर्डसम्मको यात्रापछाडिको कथा भने सिङ्गो विश्वका लागि कोडिङ तथा प्रोग्रामिङ कतिको पहुँचयोग्य बनेको छ भन्ने बुझाउँछ । 

धेरै बालबालिकाहरुले सानो उमेरदेखि कोड सिक्छन् । तर शर्टिफिकेट पाउन सफल भने कौटिल्य नै सबैभन्दा कम उमेरका बच्चा हुन् ।

कौटिल्यको कथाले इन्टरनेट कनेक्सनको सुविधा छ भने एउटा जिज्ञासु मस्तिष्कले कोडिङदेखि एआई जस्ता जटिल कुराहरु पनि पढ्न सक्छ भन्ने देखाउँछ । 

कौटिल्यले गत नोभेम्बर २०२० मा आईबीएमबाट पाइथन र एआईमा पाँचवटा शर्टिफिकेटहरु प्राप्त गरेका छन् ।

यस्तै उले आईबीएमको फाउन्डेसन अफ एआई प्रोफेसनल शर्टिफिकेसन अइ एड एक्स प्राप्त गरेका छन् । साथै उनले आईबीएम कग्निटिभ क्लासबाट पाइथन फर डेटा साइन्स कोर्स पनि लिइसकेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४