close

थोरै पैसामा विश्वकै ठूलो ड्रोनले अन्तरिक्षमा स्याटेलाइट पठाउने

टेकपाना टेकपाना

माघ १७, २०७७ १७:८

थोरै पैसामा विश्वकै ठूलो ड्रोनले  अन्तरिक्षमा स्याटेलाइट पठाउने

काठमाडौं । केही वर्षअघिसम्म भू-उपग्रह प्रक्षेपणलाई ठूलै समारोहको रुपमा मनाइन्थ्यो ।  तर स्पेस एक्सको स्थापनासँगै भू-उपग्रहको प्रक्षेपण प्रत्येक हप्ताजसो भइरहेको हुन्छ ।

त्यसैले यसलाई सामान्य रुपमा लिन थालिएको छ । तर ग्राउण्ड बेस रकेटबाट हुने भू-उपग्रह प्रक्षेपण निकै महङ्गो र धेरै समय लाग्ने हुन्छ । 

यसैबीच अन्तरिक्ष लजिस्टिक सेवा प्रदायक कम्पनी एईभमले आफ्नो ठूलो ‘राभन एक्स’ ड्रोनले थोरै पैसामा राम्रोसँग भू-उपग्रह प्रक्षेपण गर्न सक्ने बताएको छ । 

८० फिट लम्बाई र १८ फिट उचाई भएको राभन एक्स विश्वको सबैभन्दा ठूलो ड्रोन हो । यसमा एईभमको प्रोपाइटरी सफ्टवेयर प्रयोग भएको छ ।

जसले गर्दा यो निश्चित उचाईसम्म उडेर पुग्न सक्छ । एईभम ड्रोनले साना भू-उपग्रहले भरिएको रकेटलाई पृथ्वीको तल्लो अर्बिटसम्म लगेर छोडिदिन्छ ।  

यसको प्रक्षेपण प्रणाली ७० प्रतिशत पुन: प्रयोग (रियुज) गर्ने मिल्ने किसिमको छ । यसलाई सय प्रतिशतको नजिक पुर्‍याउने कम्पनीका सीईओ जे स्काईलसको अपेक्षा छ । 

यस ड्रोनको परीक्षण उडान यसै वर्षको सुरुवातमा गर्ने कम्पनीको अपेक्षा छ । एईभमले प्रक्षेपण कन्ट्रयाक्टका लागि एक अर्ब डलरभन्दा धेरै संकलन गरिसकेको बताएको छ ।

कम्पनीले अमेरिकी स्पेस फोर्ससँग ३६० वटा भूउपग्रहलाई पृथ्वीको तल्लो अर्बिटमा प्रक्षेपण गर्ने सम्झौता गरेको छ । यस वर्षको अन्त्यसम्म यसकाे प्रक्षेपण गरिने कम्पनीले बताएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४