close

चश्माबाटै फोटो खिच्न मिल्ने प्रविधि विकास गर्दै साओमी

टेकपाना टेकपाना

माघ २०, २०७७ ७:४३

चश्माबाटै फोटो खिच्न मिल्ने प्रविधि विकास गर्दै साओमी

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड साओमीले स्मार्ट ग्लासको निमार्ण गर्ने भएको छ । त्यसका लागि कम्पनीले प्याटेन्ट दर्ता गराएको छ । जसअनुसार चश्माबाटै फोटाे खिच्ने मिल्ने उल्लेख गरिएको छ ।

उक्त स्मार्ट ग्लासमा फोरडी डिटेक्सन र मेडिकलसँग सम्बन्धित सिंग्नल पनि उपलब्ध हुनेछ । नयाँ फिचरले फोटाग्राफीका साथै मस्तिष्कमा हुनसक्ने रोगको उपचार गर्नेदेखि मान्छेको दिमागी सन्तुलनको अवस्थाबारे पनि जानकारी दिनेछ ।

Xiaomi, Redmi, Smart Glass, Google Glass, Snapchat spectacles,

त्यस्तै, डिप्रेसन, चिन्ता, आँखाको थकान लगायतका विषयमा जानकारी दिनेछ । साथै अल्ट्राभाइलेन्ट, इन्फियर्ड, लेजर, भिजिवल लाइट सिंग्नल लगायतका फिचर पनि यसमा उपलब्ध हुनेछ ।

यसका साथै ग्लासले साउण्ड सिंग्नल समेत पठाउन सक्ने उल्लेख गरिएकाे छ । हाल उक्त ग्लासको प्याटेन्टमात्रै दर्ता भएकाले थप जानकारी भने उपलब्ध छैन । यो ग्लास कम्पनीले कहिले सार्वजनिक गर्नेछ र यसको बजार मूल्य कति हुनेछ भन्ने विषयमा कुनै जानकारी उपलब्ध छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१