close

स्टिभ जब्सले बनाएको पहिलो एप्पल कम्प्युटर बिक्रीमा, मूल्य १७ करोड ५५ लाख

टेकपाना टेकपाना

माघ २०, २०७७ १०:३५

स्टिभ जब्सले बनाएको पहिलो एप्पल कम्प्युटर बिक्रीमा, मूल्य १७ करोड ५५ लाख

काठमाडौं । अनलाइन शपिङ प्लेटफर्म ईवेले समय समयमा एप्प्लका क्लासिक डिभाइसहरु बिक्रीका लागि राख्ने गरेको छ । जुन खरिदका हिसाबले भने असम्भव जस्तै हुन्छन् ।

यही फिचरले पनि ईवेलाई सधैं युनिक बनाउन मद्दत गरेको छ । त्यस्तै घटना अहिले फेरी दोहोरिएको छ ।

ईवेले एप्पल वान कम्प्युटर बिक्रीका लागि राखेको छ । जसको मूल्य १.५ मिलियन डलर अर्थात १७ करोड ५५ लाखभन्दा बढी रहेको छ । यति धेरै मुल्य किन त ?

यसको कारण बिक्रीका लागि राखिएको उक्त कम्प्युटर एप्पलका मालिक स्टिभ जब्स र स्टिभ वोज्नियाक आफैंले बनाएका हुन् । बिक्रीमा राखिएको एप्पल वा कम्प्युटर त्यस बेला स्टिभ जब्स र स्टिभ वोज्नियाकले काठको केशमा निर्माण गरेको पहिला ६ ओटा कम्प्युटर मध्ये एक भएको बताइएको छ ।

यसमा प्रयोग भएको एनटीआई मदरबोर्ड पनि हालसम्म परिवर्तन गरिएको छैन । त्योभन्दा पनि महत्वपूर्ण कुरा यो कम्प्युटर आजसम्म पनि चलिरहेको छ ।

जुन असामान्य घटना जस्तै भएको उल्लेख गरिएको छ । यो कम्प्युटर स्टिभ जब्स र स्टिभ वोज्नियाकले बनाएको पहिलो ५० कम्प्युटर मध्येको पनि एक हो ।

जसमा भिडियो र किबोर्ड कनेक्टर बाहेक सम्पूर्ण कुरा पुरानै रहेको छ । उक्त कम्प्युटरका मालिकका अनुसार उनले सन् १९७८ मा यो कम्प्युटर क्यानडाका अर्को व्यक्तिसँग खरिद गरेका थिए ।

एप्पलले सन् १९७६ मा पहिलो पटक एप्पलको प्रडक्ट सार्वजनिक गरेको थियो । त्यसबेला एप्पल वानको मूल्य ६ सय ६६ डलर रहेको थियो ।

६ सय ६६ डलरको उक्त कम्प्युटरको मूल्य आज १.५ मिलियन डलर पर्न सक्छ भन्ने कसैले पनि अनुमान गरेका थिएनन् । यदि तपाईंसँग उक्त कम्प्युटर किन्नसक्ने पैसा छ भने ईवेको बोलकबोलमा सहभागी हुन सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१