close

५,३६३ मिटर उचाईमा रहेको सगरमाथा आधार शिविरको वरपर एनसेलको सेवा

टेकपाना टेकपाना

माघ १९, २०७७ २०:३१

५,३६३ मिटर उचाईमा रहेको सगरमाथा आधार शिविरको वरपर एनसेलको सेवा

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो मोबाइल सेवाप्रदायक कम्पनीले सगरमाथा आधार शिविर वरपरको दुई हजार मिटर क्षेत्रमा गुणस्तरिय सेवा उपलब्ध गराउन थालेको छ । कम्पनीले गत मंसिरमा जेडटीईसँगको सहकार्यमा ५,३६३ मिटर उचाइमा रहेको सगरमाथा आधार शिविर तयार पारेको नेटवर्क सफलतापूर्वक मर्मत सम्भार गरी सञ्चालनमा ल्याएको हो ।

यसबाट स्थानीय बासिन्दा र पर्वतारोहीका लागि गुणस्तरीय डेटा र भ्वाइस सेवा उपलब्धताको सुनिश्चितता भएको कम्पनीले जनाएको छ । सगरमाथा बेसक्याम्पमा एनसेलको यो नै सबैभन्दा उचाईमा रहेको बेस स्टेसन हो ।

मर्मत सम्भारका क्रममा टेलिकम इन्जिनियरहरुले हाइ अल्टिच्युड, न्यून तापक्रम, तेजिलो हावा लगायतका कठिनाइ खेप्नुपरेको कम्पनीले जनाएको छ । आधार शिविर वरपर मोबाइल सेवा उपलब्ध गराउन सोलार पावर तथा ब्याट्रीको प्रयोग गरिएको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा १० वटा बेस स्टेसन राखिएका छन् । जुन सबै चिनियाँ दूरसञ्चार उपकरण निर्माता कम्पनी जेडटीईले तयार पारेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१