close

‘टेलिकम सेवाभन्दा सिम बिक्रीमा मात्रै अघि भयो’

टेकपाना टेकपाना

माघ २२, २०७७ १३:१६

‘टेलिकम सेवाभन्दा सिम बिक्रीमा मात्रै अघि भयो’

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपाल टेलिकम सेवामा भन्दा सिम बिक्रीमा मात्र अघि रहेको बताएका छन् । टेलिकमको १७ औं वार्षिकोत्सवको अवसरमा भद्रकाली स्थिति मुख्यालयमा आयोजित कार्यक्रममा बोल्ने क्रममा अध्यक्ष खनालले यस्तो बताएका हुन् ।

सरकारी कम्पनी भएकाले आम्दानीभन्दा गाउँ गाउँमा सेवा पुर्‍याउनुपर्ने दायीत्व समेत टेलिकममाथि रहेको उल्लेख गर्दै उनले सिम बिक्री मात्र बढी भएको बताए । ‘आम्दानीमा भने कम्पनी निकै पछि छ,’ उनले भने ।

आफूसँग भएको पूर्वाधार अन्य कम्पनीलाई सहप्रयोगका लागि नदिनुमा नै कम्पनी र नेतृत्व रमाएको उनको भनाई थियो । नियामक निकायको रुपमा रहेको प्राधिकरण अध्यक्ष खनालले अगाडि भने, ‘ आफूसँग भएको पूर्वाधार अन्य सेवाप्रदायकसँग समेत कम्पनीले शेयर गरोस्, यसबाट टेलिकम अझ सक्षम हुनेछ र आम्दानी पनि पढ्नेछ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१