close

एनसेलको नामबाट फिशिङ आक्रमण, सचेत रहन कम्पनीको आग्रह

टेकपाना टेकपाना

माघ २२, २०७७ १५:५२

एनसेलको नामबाट फिशिङ आक्रमण, सचेत रहन कम्पनीको आग्रह

काठमाडाैं । दूरसञ्चार सेवा प्रदायक एनसेलले कम्पनीको नाम दुरुपयोग गर्दै भ्रामक सामग्री शेयर गरिएको भन्दै आफ्ना ग्राहकलाई सचेत रहन आग्रह गरेको छ ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै एनसेलकाे नाम र लोगो दुरुपयोग गरी विभिन्न फेसबुक पेज र लिंकमार्फत प्रयोगकर्तालाई प्रलोभनमा पार्दै भ्रामक पोष्ट तथा सन्देश प्रचार भएको पाइएकाले सजग रहन र त्यस्ता प्रचारसँग सम्बन्धित पेज वा लिंकमा क्लिक आफ्नो विवरण नदिन अनुरोध गरेको छ ।

No description available.

पछिल्लो समय सामाजिक सञ्जालमा प्रतिष्ठित कम्पनीको जस्तै देखिने पेज बनाएर फिशिङ गर्ने प्रवृत्ति बढ्दै गएको छ । नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणको नाममा पनि फेसबुक पेज बनाएर साइबर अपराधीहरुले भ्रामक जानकारी सहित फिशिङ लिङ्क राखिएको पोस्ट बुस्ट गरेका छन् ।

यसरी प्रयोगकर्तालाई आफ्नो व्यक्तिगत विवरण राख्न लगाउने र उनीहरुको अकाउन्ट ह्याक गर्ने जालको रुपमा फिशिङ आक्रमण गर्ने गतिविधि मौलाएको छ । यस्तोमा दूरसञ्चार कम्पनीको आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल पेजबाट मात्र आवश्यक जानकारी लिन अनुराेध गरिएकाे छ ।

No description available.

याे पनि पढ्नुहाेस् : ‘नेपाल टेलिकम’ नामको फिशिङ पेजबाट व्यापक फेसबुक क्रेडेन्सियल चोरी, विश्वभर ६ लाख प्रभावित

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१