close

सवा ३ अर्ब ईमेल र पासवर्ड लिक, तपाईंको त परेन ? यसरी गर्नुहोस् चेक

टेकपाना टेकपाना

माघ २२, २०७७ १९:५७

सवा ३ अर्ब ईमेल र पासवर्ड लिक, तपाईंको त परेन ? यसरी गर्नुहोस् चेक

काठमाडौं । सामान्यतया डेटा ब्रिच अर्थात चोरीका घटनामा साइबर अपराधीहरुले चोरी भएका युजरनेम तथा पासवर्ड लगायतका डेटा लिक गरिदिन्छन् । तर यसपटक भने केही साइबर अपराधीहरुले विगतमा लिक भएका डेटाहरुलाई संकलन गरी (ब्रिच कम्पाइलेसन) ३ अर्ब २० करोड इमेल युजर नेम तथा पासवर्ड लिक गरिदिएका छन् । 

यो पछिल्लो डेटा यसअघि ब्रिच तथा लिक भएका डेटाको संकलन हो । सन् २०१७ मा १ अर्ब ४० करोड जनाको क्रेडेन्सियल सार्वजनिक भएको थियो । साथै अर्को यस्तै प्रकृतिको ब्रिच कम्पाइलेसनभन्दा यो फरक पाइएको छ ।

जसमा सन् २०१७ को भन्दा दुई गुणा धेरै संख्यामा फरक ईमेल तथा पासवर्डहरु सार्वजनिक गरिएका हुन् । यो नयाँ लिक डेटाबेसमा count_total.sh. नामको स्क्रिप्ट छ ।

यसमा ईमेल क्वाइरीका लागि scripts query.sh पनि छ । साथै यसमा भएका डेटालाई सर्ट गर्न  sorter.sh पनि छन् । 

Count_total.sh. रन गरेर हेर्दा उक्त लिकमा ३ अर्ब २७ करोड ईमेल तथा पासवर्ड जोडीहरु पाइएको छ । टेकराडर प्रो मिडियाले लिक भएका यी क्रेडेन्सियललाई आफ्नो पर्सनल डेटा लिक चेकरमा राखेको छ ।

अहिलेसम्मको सबैभन्दा ठूलो कम्पाइल डेटा ब्रिच रहेको यो नयाँ लिक र सन् २०१७ को क्रेडेन्सियल लिकबीच समानता देखिएको छ । यो पनि रुख जस्तो संरचनामा बनेको छ भने ईमेल तथा पासवर्ड क्वाइरीका लागि एउटै स्क्रिप्ट प्रयोग भएको छ । 

कतै तपाईंको त परेन, यसरी चेक गर्नुहोस्

यो डेटा ब्रिचबाट तपाईंको ईमेल र पासवर्ड सहितको डेटा लिक भएको हुन सक्ने अधिक संभावना छ । तपाईंले यहाँ क्लिक गरेर अथवा यहाँ क्लिक गरेर आफ्नो ईमेल आईडी राखेर चेक गर्न सक्नुहुन्छ ।

अब के गर्ने ?

यदि तपाईं पनि यो ब्रिचको शिकार हुनुभएको छ भने तत्काल आफ्नो ईमेल अकाउन्टको पासवर्ड बदल्नु होस् । सबै डिभाइसबाट लगआउट गर्नुहोस् र टु फ्याक्टर अथेन्टिकेसन अन गर्नुहोस् ।

नयाँ पासवर्ड बनाउँदा त्यसमा अक्षर (सानो र ठूलो), स्पेसल क्यारेक्टर र अंक राख्नुहोस् र बलियो पार्नुहोस् । अन्यथा यसबाट तपाईंको जानकारी जोकसैले चोरेर महत्वपूर्ण अकाउन्ट तथा क्लाउड स्टोरेजमा एक्सेस पाउन सक्छन् ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१