close

अनलाइनबाट एनआईसी एसियाको खाता खोल्दा २१ लाखसम्मको बीमा, डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क

टेकपाना टेकपाना

माघ २२, २०७७ १९:२५

अनलाइनबाट एनआईसी एसियाको खाता खोल्दा २१ लाखसम्मको बीमा, डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क

काठमाडौं । एनआईसी एसिया बैंकले अनलाइनबाट खाता खोल्ने ग्राहकहरुलाई लक्षित गर्दै आकर्षक अफर सार्वजनिक गरेको छ । बैंकले २१ लाखसम्मको बीमा सुविधासँगै डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क निःशुल्क रुपमा दिने भएको हो ।

बैंकका डिजिटल मार्केटिङ प्रमुख विनय खड्काले पहिलो एक वर्षका लागि यी सुविधा उपलब्ध हुने जानकारी दिए । ‘विभिन्न खाताहरुमा फरक फरक प्रकारको अफर दिइरहेका छौं,’ उनले भने ।

अनलाइनबाट खाता खोल्ने ग्राहकलाई प्राथमिकता दिँदै ल्याइएको यो अफर बैंक शाखामै पुगेर खाता खोल्नेहरुले समेत प्राप्त गर्ने खड्काको भनाई छ ।

डायमण्ड श्रेणीको खाता खोलेर न्यूनतम रकम जम्मा भए पश्चात खाता खोल्ने ग्राहकलाई २१ लाख रुपैयाँसम्मको बीमा सुविधा समेत प्रदान गरिने बैंकले जनाएको छ । सो बिमा सेवा वापत लाग्ने बीमा शूल्क बैंक आफैले भुक्तानी गर्नेछ । 

मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको एनआईसी एसिया बैंकमा २१ लाखभन्दा बढी ग्राहक रहेका छन् । 

यसरी खोल्नुहोस् खाता

१. अनलाइनबाट एनआईसी बैंकमा खाता खोल्न सुरुमा यहाँ क्लिक गर्नुहोस् । 

२. अब त्यहाँ रहेको बचत खाता, जेष्ठ नागरिक बचत खाता, नारी खाता, नानी बाबु बचत खाता, वैदेशिक रोजगार बचत खाता, फिक्स्ड डिपोजिट खाता मध्ये एउटा चयन गर्नुहोस् । सम्बन्धित खाताको विषयमा विस्तृत जानकारी लिन चाहनुहुन्छ भने त्यस मुनी रहेको भ्यू मोरमा क्लिक गर्नुहोस् । 

३. खाता रोजिसकेपछि त्यसमुनी उपलब्ध अप्लाइ नाउमा क्लिक गर्नुहोस् । 

४. हाल एनआईसी एसिया बैंकमा तपाईंको खाता रहे नरहेको खुलाउनुहोस् र उल्लेखित टर्म्स एण्ड कन्डिसन अघि टिक लगाउनुहोस् ।

५. फारममा उल्लेखित ईमेल, नाम, मोबाइल नम्बर, जन्म मिति, शाखा छनौट जस्ता सबै विवरण भर्नुहोस् । 

६. अन्तिममा रहेको क्याप्चालाई अगाडिको बक्समा जस्ताको त्यस्तै टाइप गर्नुहोस् र प्रोसिड बटन थिच्नुहोस् । 

७. यति गरिसकेपछि अब तपाईंलाई बैंकबाट एउटा ईमेल प्राप्त गर्नुहुनेछ । 

८. दोस्रो चरणमा ठेगाना, परिचय, परिवार लगायतका विवरण भर्नुहोस् । 

९. आफ्नो डकुमेन्ट तथा फोटो अपलोड गर्नुहोस् । सही विवरण भर्ने कार्यमा सहजतका लागि आवेदकलाई त्यहिँबाट सुझाव समेत प्राप्त हुने व्यवस्था मिलाइएको छ । 

१०. यो प्रक्रिया पुरा गरेपछि तपाईंले तत्कालै खाता नम्बर प्राप्त गर्नसक्छन् । तर बैंकले सम्पूर्ण विवरण जाँच गरेपछि मात्र त्यसलाई मान्यता दिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१