close

नक्कली ह्वाट्सएप बनाएर आईफोन प्रयोगकर्ताकाे डेटा चाेरी

टेकपाना टेकपाना

माघ २४, २०७७ १४:२३

नक्कली ह्वाट्सएप बनाएर आईफोन प्रयोगकर्ताकाे डेटा चाेरी

काठमाडौं । इटालीको एउटा सुराकी कम्पनी साइफोरगेटले आईफोनका लागि ह्वाट्सएपको नक्कली भर्सन बनाएको पाइएको छ । केही प्रयोगकर्ताहरुलाई निशाना बनाउन ह्वाट्सएपको उक्त नक्कली भर्सन बनाइएको रिपोर्टमा उल्लेख छ । 

लक्षित प्रयोगकर्ताहरुलाई झुक्याएर केही कन्फिग्रेसन फाइल आफ्नो आईफोनमा इन्स्टल गर्न ह्याकरहरुले जानकारीहरु संकलन गर्ने गरेको पाइएको हो । ह्याकरले संकलन गर्ने जानकारीहरुमा युनिक डिभाइस आइडेन्टिफायर (यूडीआई) र अन्तर्राष्ट्रिय मोबाइल इक्युपमेन्ट आइडेन्टिटी (आइएमईआई) रहेका छन् । 

यसअघि २०१९ मा पनि ह्वाट्सएपलाई इजरायलको एनएसओ समूहले विकास गरेको स्पाइवेयरले एक्सप्लोइट गरेको थियो । त्यस समय भारत लगायत विश्वभरका पत्रकार तथा मानव अधिकार अभियन्ताहरुलाई निशाना बनाइएको थियो ।  

आईफोनका लागि निर्माण गरिएको ह्वाट्सएपको उक्त नक्कली भर्सन, साइबर सुरक्षम अनुसन्धान प्रयोगशाला सिटिजन ल्याब र मदरबोर्डको सहकार्यमा फेला परेको हो ।

Onfig5-dati[.]com डोमेन भएको एउटा साइटले भिजिटरहरुलाई झुक्काएर उक्त नक्कली एप इन्स्टल गर्न लगाइरहेको पाइएको छ ।

वास्तवमा उक्त एप आईफोनका लागि एउटा विशेष कन्फिग्रेसन फाइल हो । उक्त नक्कली साइटको यूआरएललाई हेर्दा उक्त पब्लिक शेयर लिङ्कमा डोमेनका विभिन्न क्लस्टरहरु जोडिएको पाइएको थियो । 

केही ओरिजिनल यूआरएलका भेरिएसनहरु पनि फेला परेका थिए, जसमध्ये config1-dati[.]com पनि एउटा थियो । यो एउटा फिशिङ पेज हो, जसले नक्कली एप इन्स्टल गर्न मान्छेहरुलाई झुक्याउँछ ।

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१