close

भिडियो शेयरिङमा टिकटक र इन्स्टाग्राम रिल्सको प्रतिस्पर्धा, तथ्याङ्कमा कुन अगाडि ?

टेकपाना टेकपाना

माघ २५, २०७७ १८:४

भिडियो शेयरिङमा टिकटक र इन्स्टाग्राम रिल्सको प्रतिस्पर्धा, तथ्याङ्कमा कुन अगाडि ?

काठमाडौं । इन्स्टाग्राम रिल्स के टिकटकको प्रतिस्पर्धी बन्न सक्छ भन्ने विषयमा यतिबेला चर्चा चलिरहेको छ । पछिल्लो दुई वर्षमा जुनरुपमा टिकटक उदाएको छ, यो हिसाबले सन् २०२१ सम्म एक अर्ब २० करोड प्रयोगकर्ता पुग्ने अनुमान गरिएको छ ।

टिकटकको सबैभन्दा ठूलो बजार भारतमा प्रतिबन्ध र अमेरिकामा बन्द गर्ने चेतावनीका बावजुद पनि कम्पनीले यो सफलता हात पारिररहेको छ ।

तर, सँगै इन्स्टाग्राम रिल्सले पनि त्यही अनुसार प्रयाेगकर्ताकाे संख्या बढाइरहेकाे छ । भिडियो क्रिएटरका साथै भिजिटरमा पनि इन्स्टाग्राम रिल्समा पछिल्लो समय जोडिनेको संख्या वृद्धि भइरहेको कम्पनीले छ ।

यसैबीच दि इन्फ्लुयन्सर मार्केटिङ फ्याक्ट्रीले टिकटक र रिल्सको विषयमा अध्ययन गरेको छ । जसमा टिकटक र रिल्सका ६०–६० वटा एक्टिभ अकाउन्ट समावेश गरिएको थियो । जसका फलोअर २० हजारदेखि ५ करोड फलोअर भएका अकाउण्ट रहेका थिए ।

लिमिट अकाउण्टमा गरिएको अध्ययन भएकाले पूर्णरुपमा सहमत जनाउन नसकिएता पनि त्यसका आधारमा भएको अध्ययनको प्रतिवेदन तल उपलब्ध गराइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१