close

रेड्मी नोट सिरिजको नयाँ रेकर्ड, विश्वभर २० करोड बिक्री

टेकपाना टेकपाना

माघ २७, २०७७ २०:३८

रेड्मी नोट सिरिजको नयाँ रेकर्ड, विश्वभर २० करोड बिक्री

रेड्मी नोट सिरिजका स्मार्टफोन विश्वभर निकै लोकप्रिय हुँदै गएका छन् । यसको अन्दाज आँकडाबाट समेत लगाउन सकिन्छ । अहिलेसम्म विश्वभर रेड्मी नोट सिरिजका २० करोडभन्दा धेरै स्मार्टफोन सिपमेन्ट गरिएको छ ।

रेड्मी चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीको सहायक ब्राण्ड हो । सन् २०१४ मा पहिलो पटक रेड्मी नोट सिरिज सार्वजनिक गरिएको थियो ।

त्यसताका रेड्मी सिरिजका तीन स्मार्टफोन रेड्मी नोट, रेड्मी नोट फोरजी र रेड्मी नोट प्राइम सार्वजनिक गरिएको थियो । त्यस पश्चात सन् २०१५ मा रेड्मी नोट थ्री, रेड्मी नोट थ्री प्रो सार्वजनिक गरिएको थियो ।

यसैगरी सन् २०१६ मा रेड्मी नोट फोर सार्वजनिक भयो । त्यसपछि रेड्मी नोट फाइभ ए, फाइभ ए प्राइम, नोट फाइभ, नोट सिक्स, नोट सेभेन, नोट सेभेन एस, नोट सेभेन प्रो, नोट एट टी, नोट एट प्रो, नोट नाइन एस, नोट नाइन एस प्रो, रेड्मी नोट नाइन, रेड्मी नोट नाइन फाइभजी सार्वजनिक भइसकेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१