close

वेब होस्टिङ कम्पनीमा साइबर आक्रमण, एकैपटक तीन कम्पनी बन्द

टेकपाना टेकपाना

माघ २८, २०७७ १६:२१

वेब होस्टिङ कम्पनीमा साइबर आक्रमण, एकैपटक तीन कम्पनी बन्द

काठमाडौं । नो सपोर्ट लिनक्स होस्टिङ नामक यूकेको कम्पनीले आफ्नो सिस्टमको डेटामा ह्याकरले पहुँच पाएको भन्दै सेवा नै बन्द गरेको छ । कम्पनीले आफ्नो इन्टर्नल सिस्टमका साथै सम्पूर्ण व्यवस्थापन नै बन्द गरेको उल्लेख गरिएको छ ।

कम्पनीको आधिकारिक वेबपेजमा राखिएको सूचना अनुसार उक्त घटना सोमबार भएको हो । ह्याकरले कम्पनीको सम्पूर्ण अप्रेसनल डेटा, वेबपेजको डेटा, वेबपेज एडमिनको डेटा र ग्राहकको डेटा सबैमा एक्सेस पाएको बताएको छ ।

योसँगै कम्पनीले नो सपोर्ट लिनक्स होस्टिङ नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको भन्दै माफी नै मागेको छ । साथै कम्पनीले आफ्ना ग्राहकलाई आफ्नो डेटा तत्कालै डाउनलोड गरी सुरक्षित राख्न समेत आग्रह गरेको छ ।

यसका साथै यूकेकै सेफिएरसेक्योर डट नेट तथा केएस होस्टिङ नामक दुई कम्पनीमा पनि साइबर आक्रमण भएको उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१