close

नयाँ लुक्समा एन्ड्रोइड ट्वेल्भ, प्रयोगकर्ताले पाउँदै छन् यस्ता सुविधा

टेकपाना टेकपाना

माघ २८, २०७७ १८:२२

नयाँ लुक्समा एन्ड्रोइड ट्वेल्भ, प्रयोगकर्ताले पाउँदै छन् यस्ता सुविधा

काठमाडौं । एन्ड्रोइड फोनका लागि नयाँ अपरेटिङ सिस्टमका रूपमा एन्ड्रोइड ट्वेल्भ सन् २०२१ को अन्त्यतिर सार्वजनिक हुँदै छ । यसैबीच एन्ड्रोइड ट्वेल्भको विषयमा केही नयाँ जानकारी बाहिरिएको छ ।

लिक भएकाे एक स्क्रिनशट अनुसार एन्ड्रोइड ट्वेल्भ नयाँ लुक अर्थात नयाँ यूआईका साथ आउनेछ । भने, यसको नोटिफिकेशन प्यान समेत फरक हुने देखिएको छ ।

एन्ड्रोइड ट्वेल्भमा प्राइभेसी फिचर थप हुनेछ भने नयाँ विजेट सेक्सन रहने छ । हालसम्म गुगलले यो विषयमा आधिकारिक रुपमा कुनै जानकारी भने दिएको छैन ।

Android 12 inline and
Photo Credit: XDA Developers

तर, कम्पनीले बेटा भर्सन सार्वजनिक गर्नुअघि गुगलले आफ्नो पार्टनर कम्पनीहरुसँग डकुमेन्ट तथा सोर्सकोड उपलब्ध गराउँछ । यसको उद्देश्य उक्त कम्पनीहरुलाई त्यही अनुसार डिभाइस तयार गर्न मद्दत पुगोस् भन्ने हो ।

त्यसरी उपलब्ध गराएको डकुमेन्टबाटै यो जानकारी बाहिरिएको एक्सडीए डेभलपरले उल्लेख गरेको छ । एक्सडीए डेभलपरका अनुसार यो प्रारम्भिक डकुमेन्ट भएकाले एन्ड्रोइड ट्वेल्भ आउँदा यसमा केही परिवर्तन भने हुन सक्नेछ ।

Android 12 Tipped to Come With UI Changes, New Privacy Features
Photo Credit: XDA Developers

तर, स्क्रिनशटलाई आधार मान्ने हो भने एन्ड्रोइड ट्वेल्भमा ओप्याक लाइट ब्याकग्राउण्डमा देखिन्छ । कन्भर्सेसन सेक्सन र नोटिफिकेसन सेक्सन पूर्ण रुपमा परिवर्तन भएको जस्तै देखिन्छ । किनभने हरेक नोटिफिकेसनको राउन्ड कर्नरहरू पहिलेभन्दा बढी हाइलाइट गरिएको छ ।

समय र मिति आउने स्थानमा पनि परिवर्तन भएको छ । हालसम्म दायाँ साइडमा रहेको उक्त फिचर अब बाँया साइडमा रहेको छ । पहिले घडी भएको स्थानमा नयाँ प्राइभेसी इन्डिकेटर राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१