काठमाडौं । एनआईसी एसिया बैंकले बिहीबारदेखि अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्न सकिने सुविधा सञ्चालनमा ल्याएकाे छ ।
जुनसुकै स्थान र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी डेबिट कार्ड हराए वा बिग्रिए तथा आपतकालीन अवस्थामा त्यसलाई ब्लक गर्न सक्ने सेवा बैंकले ल्याएको हो ।
कसरी लिने याे सेवा ?
सबैभन्दा पहिले बैंककाे वेबसाइट खाेल्नुहाेस् ।
वेबसाइटको होम पेजमा माथि दाँयातर्फ रहेकाे iServe अप्सनमा क्लिक गर्नुहाेस् ।
iServe अप्सन खाेल्दा नयाँ पेज खाेल्छ । त्यसमा रहेका ४ अप्सनमध्ये Card Services मा क्लिक गर्नुहाेस् ।
यसमा रहेका ४ अप्सनमध्ये Card Block Request मा क्लिक गर्नुहाेस् ।
यसपछि खुलेकाे नयाँ पेज मागिएकाे विवरणहरू बैंककाे खाता नम्बर, खातावालाकाे नाम र माेबाइल नम्बर राखी Verify Account मा क्लिक गर्नुहाेस् ।
यसपछि तत्काल स्वचालित रुपमा कार्ड ब्लक हुने व्यवस्था गरिएको छ । ग्राहकको आवेदन अनुसारको डेबिट कार्ड ब्लक भएपश्चात् बैंकले ग्राहकलाई एसएमएस मार्फत खबर गर्ने व्यवस्था समेत छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
