close

प्रविधिमाथिको अमेरिकी प्रभुत्व गुम्दै

टेकपाना टेकपाना

फागुन २, २०७७ १३:५०

प्रविधिमाथिको अमेरिकी प्रभुत्व गुम्दै

काठमाडौं । तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रविधि कम्पनीसँग देखाएको व्यवहारले अमेरिका फाइभजीमा पछि पर्‍यो । अर्कोतर्फ चीनले भने प्रविधि कम्पनीमा ठूलो लगानी गरिरहेको छ ।

तर अमेरिकाले सुरक्षाकाे कारण देखाउँदै चिनियाँ प्रविधि आयात गर्ने र अमेरिकी उत्पादन बिक्री पनि नगर्ने योजना अघि सारेको छ ।

यसरी अन्य देशका कम्पनीमाथिको प्रतिबन्ध भन्दा पनि देशमा रहेको प्रविधिमा लगानी नबढाएको खण्डमा हाल प्रविधिमा रहेको अमेरिकी प्रभाव गुम्ने चेतावनी चिप्स निमार्ता कम्पनीले दिएका छन् ।

उनीहरुले प्रविधिको अनुसन्धान र निमार्णमा सरकारले लगानी गर्नुपर्ने बताएका छन् । यदि यस्तो नभएको खण्डमा हाल विश्व बजारका मुख्य प्रविधिमा अमेरिकाले लिएको प्रभाव समेत गुम्ने विश्लेषण उनीहरूकाे छ ।

यसका लागि अमेरिकको सेमिकण्डक्टर इन्ड्रस्ट्रीज एशोसियसन(एसआईए) ले सरकारलाई तत्कालै यो विषयमा बोल्ड निर्णय गर्न आग्रह गरेको छ ।

साे संगठनमा आबद्ध चिप्स निर्माता कम्पनीहरूले प्रविधि उद्योगको विकासका लागि सहुलियत प्रदान गर्न समेत आग्रह गरेका छन् । यस्तो भएको खण्डमा अमेरिकाको आर्थिक विकासका साथै रोजगारीको अवसर समेत सिर्जना हुने तर्क उनीहरूकाे छ ।

-एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३