close

तीव्र बजार विस्तार गर्ने उत्कृष्ट स्मार्टफोनको सूचीमा रियलमी

टेकपाना टेकपाना

फागुन ५, २०७७ १४:२२

तीव्र बजार विस्तार गर्ने उत्कृष्ट स्मार्टफोनको सूचीमा रियलमी

काठमाडौं । स्मार्टफोन उत्पादन कम्पनी रियलमी विश्वको उत्कृष्ट स्मार्टफोनको सूचीमा परेको छ । स्मार्टफोनका क्षेत्रमा अनुसन्धान गर्दै आएको टेक्नोलोजी कम्पनी क्यानालिसले सार्वजनिक गरेको ‘पाँच उत्कृष्ट स्मार्टफोन २०२०’ को सूचीमा रियलमी परेको हो ।

चौंथो त्रैमासिक क्यानालिस स्मार्टफोन शिपमेन्ट रिपोर्टका लागि कम्पनीले विश्वका १५ मुख्य ठूला स्मार्टफोन बजारको अध्ययन गरेको थियो । उक्त रिपोर्टले दक्षिण-पश्चिम एसियाली मुलुकमा रहेका पाँच ठूला स्मार्टफोन बजारमा सबैभन्दा चाँडो बजार विस्तार गर्ने चौंथो स्मार्टफोन रियलमी रहेको छ ।

फिलिपिन्सको स्मार्टफोन बजारमा तेस्रो स्थानमा पर्न सफल रियलमीको माग आर्थिक रुपमा विकसित हुँदै गएका थाइल्याण्ड, म्यानमार लगायतका मुलुकमा वार्षिक रुपमा शतप्रतिशतले वृद्धि भएको उल्लेख छ । समग्र मोबाइल फोनको १२ प्रतिशत बजार शेयरका साथ भारतमा रियलमी पाँचौ नम्बरमा पर्न सफल भएको छ ।

रियलमी ग्रिस, चेक रिपब्लिक, रसिया जस्ता युरोपियन मुलुकका बजारमा समेत पाँच नम्बरमा रहेको छ । रिपोर्ट अनुसार २०२० को चौंथो त्रैमासिकमा रसियामा त यस फोनको विक्री ३३८ प्रतिशतले बढेको देखिन्छ ।

‘चुनौतिदेखि उन्नतिसम्मको एजेण्डालाई मूर्त रुप दिएर निर्माण गरिएको यो फोन उत्कृष्ट पर्फमेन्स, स्टाइलिस डिजाइनका साथ सुहाउँदो मूल्यको संयोजन हो,’ रियलमीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्काई लीले भने ।

उनले थपे ‘यस कठिन समयमा पनि रियलमीका उत्पादन र मार्केटिङ रणनीति प्रभावकारी छन् । हामी सेवाग्राहीको रोजाइलाई प्राथमिकतामा राखि नवीनतम डिजाइन, सफ्टवेयर र हार्डवेयरबीच सन्तुलित संयोजन तथा आकर्षक डिजाइन उपलब्ध गराउने प्रतिवद्ध छौं ।’

क्यानलिसको रिपोर्टअनुसार भारत, इन्डोनोरिया, बंगलादेश, कम्बोडिया, थाइल्याण्ड, मलेसिया, म्यानमार, पाकिस्तान, फिलिपिन्स, रसिया, इजिप्ट, इजरायल, चेक रिपब्लिक, ग्रिसमा उत्कृष्ट पाँच मोबाइल फोनको सूचिमा रियलमी सूचीकृत भएको छ । यससँगै दक्षिण-पूर्वी क्षेत्रमा पनि रियलमीले व्यापक रुपमा आफ्नो बजार विस्तार गर्दै गइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३