close

फेसबुक र गुगलले अस्ट्रेलियाका मिडियालाई रकम तिर्नुपर्ने

टेकपाना टेकपाना

फागुन ६, २०७७ ८:५९

फेसबुक र गुगलले अस्ट्रेलियाका मिडियालाई रकम तिर्नुपर्ने

काठमाडौं । गुगल र फेसबुकले सञ्चार माध्यमलाई समाचारको भुक्तानी गर्नुपर्ने कानूनी मस्यौदालाई अष्ट्रेलियाले संसोधन गर्ने भएको छ ।

न्युज आर्टिकललाई क्लिक गरेको आधारमा पैसा तिर्नुको सट्टा ती दुई कम्पनीले सञ्चारगृहहरुलाई एकैपटक समग्रमा पैसा भुक्तानी गर्नुपर्ने व्यवस्था गर्न लागिएकाे हाे । 

उक्त मस्यौदामा संसोधन गर्नुअघि अष्ट्रलियाली सरकारले फेसबुकका सीईओ मार्क जुकरवर्ग र अल्फाबेट इङ्कका सीईओ सुन्दर पिचाईसँग लामो छलफल गरेको थियो । 

संसदको जारी अधिवेशन फेब्रुअरी २५ मा सकिनुअघि त्यहाँको कन्जर्भेटिभ सरकारले न्युज मिडिया बार्गेनिङ कोड दिइएको उक्त मस्यौदा पारित गर्ने अपेक्षा गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३