close

सभ्य बन्दै फेसबुक, तीन महिनामै ९७ प्रतिशतले घट्यो ‘हेट स्पिच’

टेकपाना टेकपाना

फागुन ६, २०७७ ७:४४

सभ्य बन्दै फेसबुक, तीन महिनामै ९७ प्रतिशतले घट्यो ‘हेट स्पिच’

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का कारण फेसबुकमा हेट स्पिच (घृणा फैलाउने अभिव्यक्ति) घटेको छ । कम्पनीका अनुसार सन् २०२० को अन्तिम तीन महिनाको अवधिमा घृणा तथा उत्पीडन सिर्जना गर्ने कन्टेन्ट ९७ प्रतिशतले घटेको छ ।

त्यस्ता शब्द तथा कन्टेन्टलाई फेसबुकले स्वतः पहिचान गर्ने प्रणाली विकास गरेकाे छ । कम्पनीका अनुसार सन् २०२० को जुलाईदेखि सप्टेम्बरसम्म एआईका कारण ९४ प्रतपशत ‘हेट कन्टेन्ट’ डिटेक्ट गरेको थियो ।

त्यस्तै घृणायुक्त कन्टेन्टमा हुने प्रयोगकर्ताको रिच पनि घटेको छ । कम्पनीका अनुसार हाल त्यस्ता कन्टेन्टमा हुने रिच ०.०८ प्रतिशमात्रै छ । यसकाे अर्थ १० हजारमध्ये जम्मा ७ देखि ८ जनाले मात्रै उक्त कन्टेन्ट हेर्न गरेका छन् ।

फेसबुकले गत वर्षमात्रै गलत सूचना पत्ता लगाउन एआईमा आधारित विभिन्न सिस्टम जडान गरेको थियो । भने, सन् २०१६ बाटै घृणायुक्त कन्टेन्ट पत्ता लगाउने प्रविधि प्रयोगमा ल्याएको हो ।

हालसम्म कम्पनीले उक्त प्रविधिलाई परिमार्जन गर्दै आएको छ । जसको परिणामा आज घृणायुक्त कन्टेन्ट घट्दै गएको दावी फेसबुकले गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३