close

अमेजन र रिलायन्सबीच कानूनी लडाईं, यस्तो छ विवादको कारण

टेकपाना टेकपाना

फागुन ७, २०७७ ११:१४

अमेजन र रिलायन्सबीच कानूनी लडाईं, यस्तो छ विवादको कारण

काठमाडौं । एउटा भारतीय ग्रोसरी कम्पनीमाथिको विवादले विश्वकै सबैभन्दा ठूलो ईकमर्श कम्पनी अमेजन र भारतीय धनाढ्य अम्बानीको कम्पनी रिलायन्स रिटेलबीच अर्को विवाद उत्पन्न भएको छ

एउटै रिटेलर कम्पनी फ्युचर ग्रुपसँग बेजोसको अमेजन र अम्बानीको रिलायन्सले छुट्टाछुट्टै डिल गरेका कारण अहिले दुवै कम्पनी एकअर्का विरूद्द विवादमा उत्रिएका छन् । 

उक्त मामिलाका जानकारहरु अमेजन र रिलायन्सबीचको यस कानूनीले लडाईंले भारतमा ईकमर्शको वृद्धिलाई नयाँ आकार दिने बताउँछन् । 

कन्सल्टेन्सी फर्रेस्टरकी शीर्ष पूर्वानुमान विश्लेषक सत्तिस मिना भन्छन्, ‘यो एउटा वृहत परिघटना हो । अमेजनले अहिलेसम्म आफ्नो बजारमा यस्तो किसिमको प्रतिस्पर्धीको सामना गरेको थिएन ।’

अमेजनबाट धनाढ्य बनी आफ्नो कम्पनीलाई ग्लोबल रिटेल कम्पनीको रुपमा रुपान्तरण गरेका बेजोसजस्तै भारतका धनाढ्य तथा रिलायन्सका कार्यकारी प्रमुख पनि इतिहास पनि गर्विलाे छ ।

यस क्षेत्रका विश्लेषकहरु रिलायन्सको रिटेल योजनाले अमेजनका लागि चुनौती खडा गर्ने बताउँछन् । साथै यसले वाल्मार्टको स्वामित्व रहेको फ्लिपकार्टलाई पनि असर पुर्‍याउने उनीहरु बताउँछन् । 

अमेजनले हाल आक्रमक रुपमा भारतमा आफ्नो उपस्थिति बढाइरहेको छ । भारतमा बढ्दाे ईकमर्श बजारबाट लाभ उठाउने उसको व्यवसायिक रणनीति छ । अर्कोतिर रिलायन्स पनि दुवै ईकमर्श र आफ्नो ग्रोसरी व्यवसायलाई विस्तार गर्ने योजनामा छ । 

फ्युचर ग्रुपमाथिको विवाद के हो ?

फ्युचर ग्रुपले आफ्नो तीन अर्ब ४० करोड डलरको रिटेल सम्पत्ति गत वर्ष रिलायन्स इन्डस्ट्रिजलाई बिक्री गरेको थियो । 

२०१९ यता अमेजनले फ्युचर कुपनको ४९ प्रतिशत स्वामित्व ग्रहण गरेकाे छ । जसले गर्दा फ्युचरको रिटेलमा अमेजनले अप्रत्यक्ष स्वामित्व प्राप्त गर्दछ । यसैका आधारमा फ्युचर ग्रुपले रिलायन्स लगायत कुनै पनि भारतीय कम्पनीलाई आफ्नो सम्पत्ति बिक्री गर्न नपाउने अमेजनको तर्क छ । 

लामो समयसम्म चलेको काेराेना महामारीबाट फ्युचर रिटेल पनि निकै प्रभावित बन्यो । यसैले कम्पनीको सञ्चालनलाई निरन्तरता दिन रिलायन्ससँग डिल आफ्नो लागि अत्यावश्यक भएको फ्युचरले ठम्याएको थियो । 

हाल यो मुद्दा अदालतमा चलिरहेको छ । गत सोमबार मात्र दिल्ली उच्च अदालतले बिक्रीलाई होल्ड गर्ने अघिल्लो हप्ताको निर्णयलाई उल्टाइदिएको थियाे । 

यदि यो डिललाई अगाडि बढाउन रिलायन्सले अनुमति पायो भने यसका शाखाले भारतका ४२० भन्दा धेरे शहरहरुमा रहेका १८ सय भन्दा धेरै स्टोरहरु साथै फ्युचर ग्रुपको होलसेल बिजनेस र लजिस्टिक आर्ममा पहुँच पाउनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१