काठमाडौं । निन्द्रा पुरा भएन भने त्यसको असर हाम्रो स्वास्थ्यमा परिरहेको हुन्छ । थकान लागेझैं हुन्छ र दिमागले पनि राम्रोसँग काम गर्न सक्दैन । यस्तोमा ह्याच बेबी नाम उत्पादनले तपाईंलाई राम्रो निन्द्रा दिलाउन सक्छ । कम्पनीले बालकदेखि वयष्क र वृद्ध जो कसैले यो डिभाइसको सहयोगमा राम्रो निन्द्रा सुत्न सक्ने दाबी गरेको छ ।
यो एउटा अलेक्सा पावर्ड स्पिकर हो । कम्पनीले गत जनवरीमा मात्र यो स्पिकर सार्वजनिक गरेको थियो । ह्याचका सीईओ एन क्रेडी विसले यो प्रडक्ट बच्चालाई राम्रो निन्द्रा दिलाउनका लागि सहयोगी हुने बताएका छन् ।
अमेजनमा यो प्रडक्टमाथि ४.५ स्टार रेटिङ ५००० भन्दा बढी ग्राहकले रिभ्यु दिएका छन् । यसको डिजाइन अमेजन एलेक्सा स्पिकर जस्तै छ । यो स्पिकर निकै शक्तिशाली ५ । यसबाट तपाईंले गीत संगीतको आनन्द पनि लिन सक्नुहुन्छ ।
ब्लुटुथको सहयोगमा तपाईंले आफ्नो स्मार्टफोनलाई पनि यससँग जोड्न सक्नुहुन्छ । यसलाई बनाउन एबीएस प्लास्टिक सामग्री प्रयोग गरिएको छ । यसमा एलईडी लाइटका साथै फेब्रिक पनि पाउन सकिन्छ । यसको माथिल्लो भागमा थिच्दा लाइट अन हुन्छ, जुन स्पिकरको चारैतिर बल्ने गर्दछ । स्पिकरको तल्लो भागमा यसलाई कन्ट्रोल गर्नका लागि बटनहरु राखिएका छन् ।
जसमा साउन्ड र लाइट बटन समेत रहेका छन् । यसलाई ह्याच स्लिप एपको सहयोगमा कन्ट्रोल गरिन्छ । जुन आईओएस तथा एन्ड्रोइड दुवैमा उपलब्ध छ । एपको सहयोगमा स्पिकरमा फरक फरक रङ्ग देखिने नाइट ल्याम्पको रुपमा प्रयोग गर्न सकिन्छ ।
साथै तपाईंले यसमा रेन्डम कलर समेत तयार पार्न सक्नुहुन्छ । यस बाहेक अटो मोड छनौट गर्ने विकल्प पनि यसमा छ । निन्द्रामा यसरी गर्छ सहयोगः ह्याच बेबीको एपमा ११ प्रकारका साउण्ड दिइएका छन् ।
जसमा वर्षात्, रेडियोको आवाज, किराहरुको आवाज, चराहरुको चुरुबुर जस्ता कयौं साउन्डहरु छन् । कयौं व्यक्तिहरुलाई यस्तो आवा सुन्दा चाँडै निन्द्रा लाग्ने गर्दछ । यी साउन्ड निश्चित समयपश्चात आफैं बन्द हुन्छन् । यसमा अलार्मको अप्सन समेत दिइएको छ ।
यसको अर्थ राम्रो निन्द्रा परेपछि यही स्पिकरले तपाईंलाई ब्युँझाउने काम पनि गर्दछ । यसको सुरुवाति मूल्य करिब १६००० रुपैयाँ रहेको छ । डिभाइसलाई तीन वटा फरक फरक डिजाइनमा खरिद गर्न सकिन्छ ।