काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो व्यक्तिगत बैंकिङ विवरण अरुलाई नदिन आग्रह गरेको छ । सरकारको लगानीमा सञ्चालित बैंकले ग्राहक सम्भावित ठगीबाट जोगिन भन्दै सचेत गराएको हो ।
पछिल्लो समय मोबाइल नम्बर तथा म्यासेजिङ एपमार्फत कल गरी अपराधिक मानसिकता भएका व्यक्तिहरुले विभिन्न प्रलोभन तथा झुक्यानमा पारेर व्यक्तिगत विवरणहरु हात पार्ने घटनाहरु मौलाउन थालेका छन् ।
राष्ट्रिय वाणिज्य बैंकले कसैको पनि पिन, सीभीभी तथा ओटीपी कोड जस्ता व्यक्तिगत बैंकिङ विवरण नमाग्ने भन्दै स्पष्ट पारेको छ । ‘यस्तोमा झुक्काउने कल, म्यासेज आदिसँग स्मार्ट रहनुहोस्, सजग रहनुहोस्,’ वाणिज्य बैंकले आग्रह गर्दै भनेको छ ।
नदेखिने नम्बर मात्र नभएर देखिने नम्बरबाट समेत यस्ता जानकारी माग गरेको खण्डमा अन्य व्यक्तिलाई दिनु हुँदैन । अन्यथा तपाईंको बैंक खाता क्षणभरमै रित्तिन सक्छ ।